Powered by Blogger.
चार महिला पत्रकार पुरस्कृत


ललितपुर, २९ भदौ । सञ्चारिका समूहले राजधानी र मोफसलमा कार्यरत चार महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । 

समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा बुधबार आयोजित कार्यक्रममा महिला पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार–२०७२’ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु १५ हजार रहेको छ । 

‘उमासिंह पत्रकारिता पुरस्कार २०७२’ बाट काभ्रेमा कार्यरत पत्रकार रमा दाहाल पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु सात हजार १११ रहेको छ । स्व उमा सिंहका नाममा स्थापित पुरस्कार समूहले मोफसलमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका महिला पत्रकारलाई पुरस्कार दिँदै आएको छ । सो पुरस्कार सञ्चारिका समूहका संस्थापकहरु माया गिरी, बबिता बस्नेत,अमृता लम्साल र अध्यक्ष निर्मला शर्माले संयुक्तरुपमा प्रदान गर्नु भएको थियो ।

राष्ट्रिय समाचार समितिमा कार्यरत शर्मिला पाठक र अनलाइनमा कार्यरत फातिमा वानु ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ बाट सम्मानित भएका छन् । समूहले प्रोत्साहन पुरस्कार छोटो समयमा सशक्त रुपमा मिडियामा कार्यरत महिला पत्रकारलाई दिँदै आएको छ । 

कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले महिला पत्रकारका लागि चुनौती मात्रै नभएर सम्भावना पनि रहेको बताउनुभयो । समूहकी अध्यक्ष निर्मला शर्माले समूहले दुई दशकदेखि महिला पत्रकारलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो । 

0 comments

Write Down Your Responses