Powered by Blogger.
महिला उद्यमीको दशैं शुभकामना कार्यक्रम सम्पन्न ।

हेटौडा,१९ असोज । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बडादशैं, नेपाल सम्वत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ । संघको सभाहलमा भएको कार्यक्रम संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष दिपक श्रेष्ठ, थाहानगर वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पत्रकार महासंघ, मकवानपुरका सचिव कृष्ण सारुमगर, संघका कार्यसमिति सदस्य शान्तिराम धिमाल महिला उद्यमी पूर्व सभापति शरिदी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । 
महिला उद्यमी गायत्री श्रेष्ठको संयोजन तथा समिति सभापति निलम पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, कासस सन्तोष अर्याल, आमन्त्रित सदस्य राममणी दहाल, कानूनी सल्लाहकार ईश्वरराज ढकाल, सञ्चारकर्मी, महिला उद्यमी समितिका पदाधिकारी सदस्यहरु समेतको सहभागिता रहेको थियो । शुभकामना कार्यक्रम सहभागिहरुले नाँचगान गरि रमाईलो समेत गरेका थिए ।

0 comments

Write Down Your Responses