Powered by Blogger.
रेडक्रस सोसाईटी उपशाखाकोे चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम

विवश अधिकारी
हेटौडा,१९ असोज ÷ नजिकिदै गरेको महान चाड विजयादशमी शुभ दिपावली तथा छठ पर्बको अवसरमा नेपाल रेडक्रस सोसाईटी ८ र ९ नम्बर उप शाखाकोे आयोजनामा चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रश सोशाईटी मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।  
कार्यक्रममा नेकपा एमाले ९ नम्बर कडा अध्यक्ष बिष्णु अधिकारी, वेतखोल्सी सामुयिक वन उपभोक्ता समितीका वासु प्याकुरेल, टोल बिकास सम्न्वय समितीका राम चन्द्र दाहाल, ९ नम्बर वडा सचिव नकुल अधिकारी,पत्रकार माहासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडक्रस उप शाखाका उपाध्यक्षले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses