Powered by Blogger.
एनसेलको डे डेटा प्याक अफरमा प्रति एमबी १३ पैसामै

मकवानपुर,१९ असोज / मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको छ ।
यो सेवा अन्तर्गत एनसेल प्रयोगकर्ताले आज वुधबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कर बाहेक १३ पैसा प्रतिएमबीका दरले डेटा सेवा प्रयोग गर्न सक्नेछन् । 
एक सय एमबी दैनिक प्याकका लागि २० रुपैयाँ, पाँच सय एमबीको साप्ताहिक प्याकका लागि ८० रुपैयाँ र दुई हजार एमबीका मासिक प्याकका लागि दुई सय ५० रुपैयाँ पर्छ अर्थात १३ पैसामा एक एमबी डेटा चलाउन पाइन्छ ।
सेवा सम्बन्धी जानकारीका लागि एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर पाउन सकिने एनसेलले जनाएको छ । यस्तै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिने छ । यो योजना १५ दिनसम्म रहने एनसेलले जनाएको छ । यो योजना आज बुधबारदेखि लागुभएको एनसेलले जनाएको छ ।

0 comments

Write Down Your Responses