Powered by Blogger.
थाहा नगरको दामनमा यसरी बिताए योगेश भट्टराईले २१ घण्टा (२० तस्बिर सहित)

थाहा नगर पालिका, १९ कात्तिक । नेकपा (एमाले) का चर्चित युवा नेता तथा केन्द्रीय सचिव योगेश भट्टराईले दिपावलीको सम्मुखमा उत्तरी मकवानपुरको थाहा नगर पालिकामा आयोजित पार्टीको एक भव्य कार्यक्रममा सम्वोधन गरे । 

एमालेको थाहा नगर कमिटीले दिपावली, छठ, नेपाल सम्वत, ल्होसार लगायतका पर्वहरुको अवशरमा अघिल्लो हप्ताको शनिबार(कात्तिक १३ गते) आयोजना गरेको उक्त कार्यक्रमका लागि उनी शुक्रबार नै दामन आइपुगेका थिए । पर्यटन र कृषिको प्रचुर संभावना रहेको यस क्षेत्रको प्रवद्धर्नका लागि ‘मार्केटिङ’ कम रहेको उनको बुझाई छ । पार्टीका कार्यकर्ता भेटघाटसंगै दामन र सिमभन्ज्याङसंगै गहिरो साक्षत्कार गरेका नेता भट्टराईले दामनलाई ‘स्वर्गको एक टुक्रा’ को संज्ञा दिँदै आफ्नो फेसबुक वालमा केही तस्विरहरु पनि पोष्ट गरेका थिए ।

 थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्म तथा कर्म भूमिको नाम ‘थाहा’ नामाकरण गरिएकामा खुसी व्यक्ति गर्दै सचिव भट्टराईले दामनको एक रातको बसाई अत्यन्त सुखद र अविश्मरणीय रहेको बताएका छन् । शुक्रबार साँझ ७ बजे पालुङ नगरी प्रवेश गरेका उनले शनिबार दिँउसो ४ बजेसम्म कसरी बिताए ?ं

 केही तस्बिरहरु जस्ताको तस्तैः

 मनै लोभ्याउने दृष्यः लोभलाग्दो पालुङ उपत्यकालाई  पृष्ठभूमिमा पारेर आफ्नो एकल तस्बिर क्यामेरामा कैद गराउँदै योगेश भट्टराई

२) स्वागतको कदरः शुक्रबार साँझ दामन जाँदै गर्दा पालुङ ओखरबजारका कार्यकर्ताले संगै बसेर एक कप चिया पिउन आग्रह गरेपछि स्थानीय चियापसलमा, साथमा प्रगतिशील प्राध्यापक भोजराज ढकाल

३¬) ओखरबजारमा ध्यान पूर्वक तत्कालिन अखिल अध्यक्ष योगेश भट्टराईको कुरा सुन्दै तत्कालिन अखिलका कार्यकर्ता गणेशमान श्रेष्ठ, रामचन्द्र बल र धर्म प्रधान

४) बल्ल पुगियो है दामन ः राती बल्ल दामन स्थित बासस्थान पुगेको जानकारी मोवाइल मार्फत घरमा दिँदै भट्टराई

५) चिसोको ओखतीः चिसो महशुस भएपछि साथीहरुसंग स्थानीय सुनगाभा होटेलमा दाउरा बालेर आगो ताप्दै

६) सुनगाभाको सयपत्रीः स्थानीय सुनगाभा होटेलमा ढकमक्क फुलेका सयपत्री फूलमा रमाउँदै भट्टराई 

 सधै अगाडिः उकालोमा पनि सबैभन्दा अगाडि माथि पुगेर साथीलाई पखँर्दै युवा नेता भट्टराई


 उकालो चढेर सडकमा पुगेपछि सुस्ताउँदै, साथमा प्रेस चौतारी केन्द्रीय सदस्य शन्तराम बिडारी

हरियालीमा हराउँदैः मर्निङ वाकका क्रममा दामनको अनुपम हरियालीले लठ्याएपछिको अवस्थामा ।


 मनीङ वाकबाटै सुनगाभा होटेलदेखि सिमभन्याङ पुगेपछि प्रमाण स्वरुप एक पोज ।

 हिमालको दर्शनः सिमभन्ज्याङको थुम्कोमा पुगेर छलङ्ग हिमाल हेरीसकेपछि सामुहिक तस्बीर साथमा मकवानपुर ४ नम्म्र क्षेत्रीय सह इन्चार्ज गौतम बुद्ध लामा र थाहा नगर इन्चार्ज रामचन्द्र बल पनि ।

 सिमभन्ज्याङ बजारलाई पृष्ठभूमिमा पारेर एक सामुहिक पोज ।

 सुनगाभा होटेलबाट सिमभन्ज्याङसम्मका लागि मर्निङ वाक प्रश्थान गर्ने तरखर ।

सिमभन्ज्याङ चिया पिँउदै गर्दा फेसबुकका केही फोटा र यो महत्वपर्ण स्टाटस ।

मनिङ वाकको थकानपछि नुहाएर एक कप कफिको चुस्कीमा रमाउँदै ।

 प्रमुख अतिथिको आसन ग्रहण गर्दै भट्टराई । साथमा उनीसंगै मञ्चमा एमाले मकवानपुर जिल्ला उपसचिव मिना लामा र नगर कमिटी अध्यक्ष अच्यूतमप्रसाद ढकाल ।

सभामा मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराई ।

दुई पिल्लरको छेउ ः सभामा दुई पिल्लर मध्येका एक क्षेत्रीय इन्चार्ज बिष्णुप्रसाद ढकाल र अर्का पिल्लर नगर इन्चार्ज रामचन्द्र बलका साथमा ।

 मनोरञ्जन ः कलाकारहरुले साँस्कृतिक कौशल प्रदर्शन गरेपछि तालि बजाएर मजा लिँदै नेता भट्टराई ।

हस्तान्तरण ः पार्टी अध्यक्ष केपी ओलीका तर्फबाट नव क्षितिज कला केन्द्रलाई १ लाख रुपैंया बढीको वाद्य यन्त्र तथा साउण्ड सिस्टम हस्तान्तरण गर्दै ।




















0 comments

Write Down Your Responses