Powered by Blogger.
थाहाको लियो प्रेसिडेन्टमा विष्ट


पालुङ, १९ कात्तिक । लियो क्लब अफ पिस थाहानगरको चार्टर प्रेसिडेन्टमा अनित विष्ट चयन भएका छन् । केही दिन अघिको भेलाले विष्टलाई चार्टर पे्रसिडेन्ट चयन गरिएको हो । 

लियो क्लब अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था  हो । पिस थाहा नगरमा २१ युवा आवद्ध छन् । थाहानगरमा विभिन्न सामाजिक कार्य संचालन गर्ने उद्देश्य लियो क्लब अफ पिस थाहानगर गठन भएको चार्टर प्रेसिडेन्ट अर्थात संस्थापक अध्यक्ष विष्टले दामन पोष्टलाई बताए ।  

प्रेसिडेन्ट विष्ट ‘फरक सोच’ सामाजिक अभियान लगायत थाहानगरमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध छन् । अन्य क्षेत्रहरुमा जस्तै लियो क्लब अफ पिस थाहानगर मार्फत पनि विभिन्न सामाजिक अभियानमा सहभागी हुने विष्टको सोच छ ।  यस जिम्मेवारीले सामाजिक क्षेत्रमा काम गर्ने अर्को सिँढि थएिएको महशुस गरेको उनी बताउँछन् ।  

विष्टले आफूलाई चार्टर प्रेसिडेन्टमा चयन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार व्यक्त गरेका छन् । साथै सामाजिक काम गर्न इच्छुक युवाहरुलाई लियोको सदस्य बन्न सधैं खुला गरिएको यनले बताए । 

लियो क्लबमा १६ देखि २८ वर्ष उमेर समूहका युवा युवती आवद्ध हुन सकिने विधानमा उल्लेख छ । 

0 comments

Write Down Your Responses