Powered by Blogger.
एमाले थाहा नगर कमिटीको चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न



बज्रबाराही । जनताको रगत र पसिनाले ल्याईएको लोकतन्त्रमा हजार लोकमानले हारेपनि लोकतन्त्रले हार्न नहुने एमाले सचिब एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभएको छ । 



शुभदिपावली छठ, एवम्, नेपाल संवतको अवसरमा एमाले थाहा नगर कमिटीले मकवानपुरको दामनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले लोकमानलाई महाअभियोग लगाउने प्रस्ताब पारित गर्न मुलुकका सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । 

राजनतिक दलहरुको एकताकै जगमा आएको संबिधान कार्यान्वयन गर्न स्थानीय निकाय सहित सबै तहको निर्वाचन अपरिहार्य रहेको नेता भट्टराईले बताउनुभयो । बर्तमान सरकारले निर्वाचन गराउन नसक्ने हो भने तत्कालै सत्ता छाड्नुपर्नेमा नेता भट्टराइले जोडदिनुभयो । मुलुकमा संबिधान कार्यान्वयनमा एमालेको नेतृत्व आवश्यक रहेको उहाँको भनाई थियो । 

एमाले थाहानगर कमिटका अध्यक्ष अच्युत्तम प्रसाद ढकाल सभाध्यक्षतामा भएको कार्यक्रममा तीन नम्बर प्रदेश सदस्य महेश्वर सुबेदी, दुई नम्बर क्षेत्रीय इन्चार्ज विष्णु ढकाल, थाहानगर इन्चार्ज रामचन्द्र बल प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तराम विडारी लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses