Powered by Blogger.
थाहामा आजदेखि क्षेत्रीय फुटबल प्रतियोगिता हुँदै


पालुङ, ९ मंसिर । मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । थाहानगरको इन्द्रायणी खेल मैदानमा विहान ११ बजे खेल उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

थाहा नगरपालिकाको युवा तथा खेलकुद विकास समिति वडा नम्बर ८ को आयोजनामा शुरु हुन लागेको प्रतियोगितामा उत्तरी क्षेत्रको २० टिमले सहभागीता जनाउने आयोजक अनित विष्टले दामन पोस्टलाई बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार रुपैया, दोस्रो हुनेलाई १५ हजार रुपैया र तेस्रो हुनेलाई १० हजार रुपैया नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । नक आउटको आधारमा खेलाईने प्रतियोगिता मंसीर १४ गतेसम्म संचालन हुनेछ ।


0 comments

Write Down Your Responses