Powered by Blogger.
संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ रेडियो मकवानपुरलाई

मकवानपुर,१४ पौष / संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज सम्मानित हुने भएको छ । 
नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै रेडियो मकवानपुरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । एफएम रेडियोलाई प्रदान गरिने उक्त पुरस्कार रेडियो मकवानपुर र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ । 
पुरस्कार यही पुस १९ गते काठमाडौमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses