Powered by Blogger.
भुकम्पले भत्काएको स्वास्थ चौकी भवन पुनर्निर्माण गरी स्थानियलाई हस्तान्तरण


मकवानपुर,१४ पौष / अमेरिकीएर्स नामक अन्तरास्ट्रिय संस्थाको सहयोग बी।एन।एम।टीको प्राबिधिक सहयोगमा तयार भएको फाखेल स्वास्थ्य चौकीको नयाँ भवन एक समारोह बीच फाखेल स्वास्थ्य चौकी ब्यबस्थापन समितिलाइ बिहीवार हस्तान्तरण गरिएको छ । कुल ६९ लाख अनुदान तथा २६ लाख बराबरको सामुदायिक लगानीमा भवन निर्माण गरिएको बी एन एम टीले जनाएको छ । सोही अबसरमा भवन निर्माणका लागि जग्गा दान दिने धनबीर स्याङ्तान, जीतबहादुर स्याङ्तान, प्रताप स्याङ्तान, हरिकुमार लामा लाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा फाखेल स्वास्थ चौकी ब्यबस्थापन  समिती सदस्य धनराज महर्जन , नागरिक मञ्च संयोजक धनबीर स्याङ्तान , एमाले क्षेत्र नं २ उपाध्यक्ष जीवन लामा, प्लान ईन्टरनेशनलका वेदबहादुर लामा लगायतले बोलेका थिए । हाल खोप, पोषण, परिबार नियोजन, सामान्य चिकित्सा प्रस्तुुती सेवा लगायतका सेवा प्रदान गर्दै आएको यो सस्थाले कुलेखानी फाखेल हुमाने सडकमा हुने सडक दुर्घटनालाई मध्यनजर राखी दुर्घटनाबाट हुने मानबीय क्षति कम गर्न ट्रमा युनिटका रुपमा सेवा बिस्तार गरिने इन्चार्ज अनिता बुढाले  जानकारी दिनु भयो । गत २०७२ बैशाख १२ र त्यसपछी आएका परकम्पले फाखेल स्वास्थ्य चौकी भवन जिर्ण भए पछि अन्तरास्ट्रिय दातृ संस्था अमेरिकिएर्सको सहयोगमा नयाँ भवन बनेको हो ।

0 comments

Write Down Your Responses