Powered by Blogger.
प्रदेश दैनिकका सुजन ढकाल सहित चार पत्रकार सम्मानित


मकवानपुर,१४ पौष / नारायणी बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा–९ ले विहीबार एक कार्यक्रमको आयोजना गरी मकवानपुरका चार पत्रकारलाई सम्मान गरेको छ । विहीबार संस्थाको २१ आँै वार्षिकोत्सवको अवसर पारेर प्रदेश दैनिकका सुजन ढकाल, सम्वृद्ध समाजका सुरेश श्रेष्ठ र हेटौंडा सन्देश दैनिकका सुदिप शिवाकोटीलाई दोसल्ला ओडाएर नगद सहित सम्मान गरेको थियो भने साझाकुरा दैनिकका सविन न्यौपाने अनुपस्थित थिए । 
 संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाको २१ औँ वार्षिकोत्सवको अवसरमा संस्थाको प्राड्डणमा रक्तदान कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यक्रममा जेष्ठ नागरिक सदस्य ९ जनालाई पनि सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि वाग्ले स्वागत मन्त्व्य व्यक्त गरेका थिए ।
     कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव कल्पना श्रेष्ठ, श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भोला खरेल, नेपाली काँग्रेस हेटौंडा ९ नम्वर वडाका सभापति विन्दु लामा, मानवसेवा आश्रमका तारानाथ लामिछाने, समाजसेवी माधव आचार्य, संस्थाका पूर्व सल्लाहकार विजेन्द्र अग्रवाललगायतले शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses