Powered by Blogger.
निमार्ण व्यवसायी संघ मकवानपुरको २० औँ वार्षिक साधारणसभा सम्पन्न

मकवानपुर, २६ चैत्र ÷  नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरद् कुमार गौचनले सरकारको गलत नितिका कारण निमार्ण व्यवसायीलाई दुख पाइरहेको बताउनु भयो । निमार्ण व्यवसायीलाई अवसर दिनु भन्दा पनि अवसरलाई कटौति गरि दुःख दिइरहेको बताउनु भयो । निमार्ण व्यवसायी संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गौचनले अब राजनितिक मुद्धा सकिसकेकाले अब आर्थिक क्रान्तिका गर्न महासंघ तयार रहेको बताउनु भयो । 
उहाँले विकासले जुन गति लिनु पर्ने हो सेहि अनुरुपमा विकास नभइरहेको बताउदैे देशको निमार्ण निति सहि ढंगले अगाडि बढ्न सक्दैन तव सम्म नेपालको विसकाललाई परिकल्पना गर्न नसकिने बताउनु भयो ।  
देश निमार्ण गर्नको लागि निमार्ण व्यवसायी महासंघले मात्र गर्न सक्ने दावि गर्दै सबै व्यवसायी एकजुट भई लाग्नको  हुन आग्रह गर्नु भयो । निमार्ण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७२÷७३ को अनुमानित आयव्यको विवरण महासचिवको प्रतिवेदन सँगै लेखा परिक्षण प्रतिवेदन समेत अनुमोदन गरिएको थियो ।
 सो कार्यक्रममा मध्यमाञ्चल क्षेत्रिय निमार्ण व्यवसायीका अध्यक्ष सुदिप श्रेष्ठ, नेपाल निमार्ण व्यवसायी महासंघ  उपमहासचिव  सुर्य तिमल्सेना, उपाध्यक्ष रुद्र प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइ , संघका पुर्व अध्यक्ष तथा सल्लाहकार हरिवंश बर्तौला लगायतको आथित्यता रहेको थियो । 

0 comments

Write Down Your Responses