Powered by Blogger.
आउनुहोस् विकासको प्रतिस्पर्धा गरौँ : थापा

हेटौडा , २६ चैत्र / राप्रपा नेता तथा सांसद गणेश थापाले भाषणको नभएर विकासको प्रतिस्पर्धा गर्न सवै राजनैतिक दलसँग आग्रह गर्नुभएको छ। पहिले निस्कृय भएर चुनावको बेलामा मात्र सल्बलाउने प्रबृती मकवानपुरमा रहेको भन्दै थापाले चुनाव लक्षित नभएर सदवाहार विकासको अवधारणमा हिड्न पनि आग्रह गर्नु भयो ।
 राप्रपा मकवानपुरको जनतामाझ राप्रपा कार्यक्रम अन्तर्गत इन्द्रसरोबर गाउपालिका वडा १ मार्खुमा भएको कार्यक्रममा बोल्दै सांसद थापाले आफु विकासको प्रतिस्पर्धा गर्नको लागि मकवानपुर आएको बताउनुभयो।  भाषण गरेको भरमा भोट अव पाउन मुस्किल रहेको भन्दै थापाले मकवापनुरमा राप्रपा सँग विकासको प्रतिस्पर्धा गर्न आह्वान गर्नुभएको थियो ।
 १नं वडा अध्यक्ष रामकुमार रिमालको अध्यक्षतामा भएको कार्यक्रममा राट्रिय युवा मोर्चा नगर अध्यक्ष दिनेश लामा,राप्रविसं मकवानपुर अध्यक्ष प्रकास चौलागाई लगाएतको उपस्थिती रहेको थियो ।
यसै विच सांसद  थापाले आज २ जना विरामी लाई उपचारको लागि आर्थिक सहयोग गर्नु भएको छ।  सिस्नेरीका क्यान्सर पिडित सान्ता कुमारी विक लाई नगद १५ हजार र मनहरी गाँउपालीका वडा नं ९ज्यामिरेकीचन्द्र कुमारी मोक्तानको चुरेहिलमा उपचार गराउनु सहयोग गर्नु भएको थियो

0 comments

Write Down Your Responses