Powered by Blogger.
माझी उत्थानमा आशिषको नेतृत्व

मकवानपुर, २७ चैत  / नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिती मकवानपुरको पाँचौ अधिवेशनले आशीष माझीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिती चयन गरेको छ । माफी समुदायको बसोबास रहेको क्षेत्र मकवानपुरको छतिवनमा भएको भेलाले चयन गरेको समितीमा उपाध्यक्ष मानबहादुर माझी, सचिवमा झलकबहादुर माझी, सहसचिवमा गीता माझी रहनुभएको छ । 
समिति सदस्यहरुमा कमल माझी, भीमसेन माझी, नारायण माझी, सुनील माझी, बसन्त माझी, विमला माझी, भगवती माझी, कृष्णबहादुर माझी, श्याम माझी र आरती माझी रहनुभएको छ । भेलाले बद्री माझी विशेष सल्लाहकार, यतिराम माझी, कान्छा माझी, लोकेन्द्र माझी र गंगा माझी सल्लाहकार रहनुभएको छ ।

0 comments

Write Down Your Responses