Powered by Blogger.
मकवानपुरका नवनिर्वाचित सांसदहरुसँग बिजुली माग

धियाँलमा सांसदद्वयको स्वागत
बेतिनी ८ पुस÷पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका ९ स्थित बेतिनीका स्थानीयले नवनिर्वाचित सांसदहरुसँग बिजुली माग गरेका छन् । प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेश सभा सांसद प्रेम बहादुर पुलामीसँग उनीहरुले छिट्टै ने गाउँमा विजुली बाल्ने ब्यवस्था गरिदिन माग गरेका हुन् ।
मकवानपुरको शदरमुकाम हेटौंडाबाट करिब ७५ किमि पूर्व बाग्मती गाउँपालिका ९ बेतिनीको अधेँरी,स्यलथुम,रामेछाप,लेते,गैरे लगायतका गाउँमा उनीहरुलाई मतदाताहरुले फुलमाला र अबिरले स्वागत गरेका थिए ।
उमेरले ८० कटेकी अधेँरीकी सानीमाया पुलामी जीवनकालको उत्तरार्धमा गाउँमा विजुली बलेको हेर्न चाहेको बताईन् । शुक्रबार मध्यान्न मध्यान्न विजयपछि मतदातासँग बधाई साट्न अधेँरी पुगेका प्रतिनिधिसभा मकवानपुर १ का सांसद कृष्ण दाहाल र १(क) का प्रदेशसभा सांसद प्रेम बहादुर पुलामी (छिन्तु) लाई उनले अबिर र माला लगाईदिँदै भनिन्, ‘म मर्नुभन्दा पहिला नै गाउँमा बिजुली ल्याईदिनु है ।’ जिल्लाकै बिकट साविक बेतिनी गाविसमा हालसम्म विजुली पुगेको छैन ।
बाग्मती खोला किनारमा रहेको बेतिनिस्थत रामेछाप गाउँमा भने मतदाताहरुले नवनिर्वाचित सांसदद्वयलाई अध्याँरोमा नै स्वागत गरे । मोटरबाटोले नछोएको उक्त गाउँमा स्थानीयहरुले गाउँको पीडा देखाउने सांसदद्वयलाई स्वागत कार्यक्रम पनि शुक्रबार राती ८ बजे राखेका थिए । करिब ४५ मिनेट अध्याँरो जंगल छिचोल्दै रामेछाप पुगेका सांसद दाहाल र पुलामीलाई उनीहरुले अबिर मालासँगै गुनासोको भारी बिसाए ।
प्रतिनिधिसमा सांसद दाहाल र प्रदेशसभा सांसद पुलामीले बेतिनीबाट विकासको सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गरे । बेतनीका आधा दर्जन गाउँमा विजयी ¥याली र भेटघाट गरेका उनीहरुले बेतिनीमा केन्द्रीय विद्युत् प्रशारण लाई जोडेर यस क्षेत्रमा विकासको काम अघि बढाउने बताए ।
सांसद दाहालले भने, ‘हामी दाजुभाईले केन्द्र र प्रदेशबाट तान्न सक्ने बजेटको पहिलो प्राथमिकता बेतिनीको विद्युत् बिस्तार हुन्छ ।’ प्रदेशसभा सांसद पुलामीले आफ्नो पुख्र्यौली घर समेत रहेको बेतिनीमा विद्युत् बिस्तार गरेर मतदाताको ऋण तिर्ने प्रतिबद्धता ब्यक्त गरे ।
बेतिनीमा विद्युत् बिस्तारको पहल सुरु भएको दशक बितेको छ । फापरबारी बजारबाट बेतिनीको गैरे गाउँसम्म करिब पाँच किमि पोल र तार टाँगिएको छ ।  बाग्मती गाउँपालिकाले यस वर्ष बेतिनीमा विद्युत् बिस्तार गर्न ६० लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ ।


0 comments

Write Down Your Responses