Powered by Blogger.
लाइसेन्स नहुँदा त मोटर चलाँए, अब के डरः पूर्वमन्त्री बस्नेत


भक्तपुर । नेकपा एमालेका युवा नेता तथा पुर्वमन्त्री महेश बस्नेतले आफु भक्तपुरवाशीको सेवामा दत्तचित्त भएर लाग्ने बताउनुभएको छ । 

शनिबार भक्तपुरको सुर्यनगर स्थित सुर्यनगर टोल विकास समाजले गरेको बधाई, शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले विगतमा चुनाव हार्दा पनि यहाँको विकास निर्माणमा ध्यान केन्द्रीत गरेको बताउँदै अबको दिनमा विकासमा लाग्नु आफ्नो दायित्व भएको प्रतिवद्धता जनाउनुभयो । 

हालै सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर जिल्ला २ नम्बर क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा दोब्बर मतान्तरले निर्वाचित बस्नेतले भन्नुभयो–‘विगतमा चुनाव हारेर जितको लाइसेन्स नहुँदा पनि तपाँइको सुख दुखमा साथ दिएको थिँए अर्थात विना लाइसेन्स त  यहाँको विकासको मोटर चलाएको थिँए भने अब त तपाँइले जनमतको लाइसेन्स दिनुभएको छ । ’

उहाँले भन्नुभयो–‘अबको पाँच वर्ष तपाँइहरुकै साथमा विताउने प्रण गरेको छु ।’ उहाँले कार्यक्रममा  वधाई ग्रहण गर्दै सम्वोधनको क्रममा  तपाँइहरुको जनमतको कदर गर्दै राज्यले थप जिम्मेवारी दिएमा सहर्ष स्विकार्ने अन्यथा पूर्वमन्त्री र सांसदको हैसियतमै भक्तपुरको विकासको मोटर चलाउन तत्पर भएर लाग्ने प्रतिवद्धता दोहो¥याउनु भयो । 

पूर्वमन्त्री बस्नेतले पूर्वाधार विकासदेखि सबै मापदण्डका हिसाबले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर नै उपयुक्त हुने दावी गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउन विषेश पहल जारी रहेको बताउनुभयो । 

समाजका सल्लाहकार एवं प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्दप्रसाद र्चाैलागाँइले सामाजिक उत्तरदायित्व वहन गर्न यस्ता कार्यक्रमले अभिप्रेरणा मिल्ने बताउनुभयो । उहाँले निर्वाचित भएका पूर्वमन्त्री बस्नेत सहितको टिमलाई समृद्ध नेपाल निर्माणमा दत्तचित्त भएर लाग्न आग्रह गर्दै भक्तपुरलाई थप समृद्ध बनाउन प्राप्त जनमतको यथोचित कदर गर्न अनुरोध गर्नुभयो । उहाँले त्यस भेगका जनताका अति आवश्यक विकासका योजनाहरु पुरा गराउनका लागि पूर्व मन्त्री बस्नेतको ध्यान आकृष्ट समेत गनुभयो । 

सुर्यविनायक नगर पालिकाका मेयर बासुदेव थापाले आफुहरु विकासको मोडेललाई जनचाहना अनुसार पुरा गर्न अघि बढीरहेको बताउर्दै सुर्यनगर टोल विकास समाजले राखेको माग पुरा गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाका अध्यक्ष शन्तराम बिडारी, भक्तपुर शाखाका अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस चौतारीका केन्द्रीय सदस्य सोम शर्मा बजगाँइ, सुर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत, वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार जोशी, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरु अधिकारी, इन्जिनियर डा. राजन सुवाल, समाजसेवी राजन पौडेल, तराई विकास तथा सञ्चार केन्द्र नेपालकी कोषाध्यक्ष सुमित्रा दाहाल लगायतको आतिथ्यता  भएको कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रतिनिधीहरु, राजनीतिक दलका कार्यकर्ताहरु, सञ्चारकर्मीहरु र स्थानीय जनताको बाक्लो उपस्थिती रहेको थियो । 

समाजका अध्यक्ष एवं समाजसेवी वालकृष्ण न्यौपानेका सभापतित्वमा भएको कार्यक्रको सञ्चालन पूर्व मिस नेपाल सुगारीका केसीले सञ्चालन गर्नुभएको थियो । 






0 comments

Write Down Your Responses