Powered by Blogger.
एमालेमा मुख्यमन्त्री छान्न सकस

मकवानपुर / आकाक्षी धेरै भएपछि प्रदेशका मुख्यमन्त्रीको उम्मेदवार छान्न एमालेलाइ सकस परेको छ । माओवादी केन्द्रसँगको सहमतिमा चारवटा प्रदेशमा मुख्यमन्त्री पाउने सहमति गरेको एमालेले तीन वटा प्रदेशमा संसदीय दलको नेता छान्न सकेको छैन । सर्वाधिक विबाद रहेको प्रदेश १ र ३ मा भोलि संसदीय दलको बैठक बस्दैछ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा पार्टी सचिव भीम आचार्य र पोलिटव्युरो सदस्य शेरधन राइले दाबी गरिरहेका छन् ।
सहमति नभए भोलि मतदानबाट निर्णय हुनेछ । एमाले स्थायी समितिको बैठकले सहमति नभएको स्थानमा मतदानबाट नेता छान्ने निर्णय गरेको थियो । प्रदेश नम्बर ५ र ६ मा क्रमश शंकर पोखरेल र यामलाल कडेंल संसदीय दलको नेता छानिएका छन् ।

0 comments

Write Down Your Responses