Powered by Blogger.
संवाद केन्द्र सञ्चालन गर्न किशोरीलाई तालिम


मकवानपुर ÷ मकवानपुरका २० जना सहजकर्ता किशोरीहरुलाई संवाद केन्द्र सञ्चालनको लागि १० दिने तालिम प्रदान गरिएको छ । सामाजिक सचेतना र आयआर्जन अभिवृद्धि, सुशासन कायम गर्दै अन्धविश्वास, जातीय छुवाछुत र कुरिती हटाउनको संवाद केन्द्र स्थापना तथा सञ्चालनको लागि किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । नेपाल ग्रामीण पुनिर्माण संस्था मकवानपुरले आयोजना गरेको तालिममा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मकवानपुर गढी गाउँपालिकाका ७ जना गरी २० जना किशोरीको सहभागिता रहेको थियो । माघ १६ गतेदेखि  भएको तालिम बिहीबार समापन गरिएको हो । तालिममा संस्थाका संवाद परियोजना अधिकृत भीमकुमार राई, सामाजिक परिचालकहरु कलावती राना र उमा रायले सहजीकरण गरेका थिए । महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्ट्रोम फाउन्डेसनको सहयोगमा आयोजित तालिममा समुदाय विश्लेषण, सहजीकरण, संवाद सञ्चालनका चरणहरु, जीवन उपयोगी सीपहरु, संवाद सहयोग समूह, सहजकर्ता(एनिमेटर)को भूमिका, एनिमेटरमा हुनुपर्ने गुणहरु लगायतको बारेमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा तालिममा सहभागी हेटौंडा–१ कि विपना लामाले तालिमबाट व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुगेको बताउँदै उनले गाउँघरमा भएका समस्या पहिचान गरी समाधानको उपायको बारेमा धेरै कुरा जान्ने अवसर पाएको बताइन् ।

0 comments

Write Down Your Responses