Powered by Blogger.
राजधानीमा मकवानपुरे विद्यार्थीहरुको शुभकामना आदानप्रदान सम्पन्न


काठमाडौं । अनेरास्ववियु मकवानपुर काठमाडौं सम्पर्क कमिटीको आयोजनामा वृहत भेला तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 

नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम चैत ३० गते बाल्मकि िक्याम्पसमा भएको थियो । 

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला प्रमुख अतिथी रहेका थिए । 

कार्यक्रममा सम्वोधन गर्दै उपाध्यक्ष बर्तौलाले आगामी वर्ष शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुने आशा राखे । अहिले निजी  शिक्षा र सार्वजनिक शिक्षाबीच गम्भिर खाडल रहेको बताउँदै उनले निजी शिक्षालयहरुले लिइरहेको चर्को शुल्कमा सरकारले कडाइ गर्नुपर्ने बताए । 

सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सरकारले लगानि थप्नुपर्ने आवश्यकता औंल्याउँदै प्रमुख अतिथि बर्तौलाले शिक्षा क्षेत्र मर्यादित, व्यवस्थत र पारदर्शी हुनुपर्ने जिकिर गरे । 

कार्यक्रममा केन्द्रयि सदस्य तथा सम्पर्क विभाग प्रमुख चन्द्र सिंह, शैक्षिक विभाग प्रमुख माधव पन्त, ुचिव सुरज गौतम, निर्वाचन आयोगका सदस्य प्रज्वल फुँयाल लगायत मकवानपुरे विद्यार्थीहरुको  उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष सञ्जय कार्कीले गरेका थिए । 




0 comments

Write Down Your Responses