Powered by Blogger.
‘सार्वजनिक सरोकार, थाहा पाउने हाम्रो अधिकार’ विषयक अन्तरक्रिया सम्पन्न


काठमाडौं । राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले महिलाहरुमा सूचनाको हक सम्वन्धि ज्ञान हुनु अत्यन्त आवश्यक रहेको बताएकी छिन् ।

सूचना आयोगको सहयोगमा द टाइन्मस इन्टरनेशनल कलेजमा आइतबार भएको ‘सार्वजनिक सरोकार, थाहा पाउने हाम्रो अधिकार’ विषयक अन्तरक्रियामा तिम्सिनाले भनिन्, ‘महिलाले पाउने हक, अधिकारको बारेमा ज्ञान हुनु आवश्यक छ । तर कतिपय महिलाले हक,अधिकारका बारेमा ज्ञान नहुँदा उनीहरुले पाउने अधिकार  पनि पाउन सकेका छैनन् ।’

तिम्सिनाले महिलाहरु व्यवसायीक रुपमा लाग्दा सरकारले दिने कर छुटका बारेमा समेत जानकारी गराइन् । उनले युवा स्वरोजगार, शिक्षामा पाउने ऋण सहुलियत लगायतको विषयमा जानकारी गराएकी थिइन् । 

आयोगका प्रविधि विज्ञ सन्तोष तिम्सिनाले सूचना माग्ने तरिकाका विषयमा जानकारी गराए । कलेजका अध्यक्ष टिकाराम सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप मनोवल बढ्ने बताए । 

कार्यक्रममा आयोगका कार्यक्रम अधिकृत सुस्मिता बस्नेत, सूचनाको हकका अभियन्ता सर्फुला अनसारी लगायतको सहभागिता थियो । सो अवसरमा कलेजका विद्यार्थीले सूचनाको हकका विषयमा जिज्ञासा राखेका थिए । 

कार्यक्रमको सहजिकरण फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या बिडारीले गरेकी थिइन् । 




0 comments

Write Down Your Responses