Powered by Blogger.
यासेली र सिताको ‘ईनु तुखे’ सार्वजनिक (भिडियो सहित)








































काठमाडौं / यासेली योङहाङ र सुमधुर स्वरकी धनि सिता सिंगकको आवाजमा रहेको ‘ईनु तुखे’ बोलको गीतको म्यूजिक भिडियो सार्वनजिक भएको छ । गितकार तथा कलाकार गिता पालुङवाको शब्द अनि गायक योङहाङद्धारा नै संगितबद्ध भिडियो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 लिम्बु भाषाको संरक्षण सम्बद्र्धन र प्रबद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्नुपर्ने कथावस्तु समेटिएको भिडियोमा कलाकार यासेली योङहाङ र गिता पालुङवालाई मुख्य पात्रको रुपमा देखाईएको छ । भिडियोका निर्देशक लोकेन साँवाले छोटो दृष्यको माध्येमबाट प्राचीन किराँत याक्थुङ लिम्बुहरु ढुङ्गेयुग देखि कृषियुग हुँदै अहिलेकोे एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि भाषा अनि सभ्यताको महत्वतालाई नजिकैबाट चिनाउने प्रयास गरेका छन् ।


युग बदलिए जस्तै लिम्बुहरुको संस्कृति संस्कार पनि आधुनिक युगसँगै परिमार्जन गर्दै, विकास गर्दै लानुपर्ने सान्दर्भिकतालाई निर्देशक लोकेन साँवाले कलाकारहरुको भुमिकासंग जोडेका छन् ।

याक्थुङ हाक्पारे पालाम सयङको व्यावस्थापनमा निर्मित लिम्बु संस्कृति र सभ्यतासंग जोडिएको उक्त भिडियो निर्माणमा सिक्वेन्स फेसन हाउस र द हाईल्याण्ड आर्टले ड्रेसको सौजन्य गरेका छन् । लिम्बुहरुको प्राचिन देखि हालसम्मको यथार्थतालाई चित्रण गर्न खोजिएको यस म्यूजिक भिडियो निकै उत्कृष्ट रहनुका साथै विस्तारै जन रुचिको विषय वन्दै गैरहेको छ । 

0 comments

Write Down Your Responses