Powered by Blogger.
विद्यार्थीहरुलाई खुसीको खबर : विद्यालयमा हुने पढाई मोबाइलमा नै पढ्न सकिने


मकवानपुर / मिदास एजुकेसनले विद्यालय तहमा पढाइने पाठ्यक्रम समावेश गरिएको मिदास ई–क्लास सेवा मोवाईलबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल टेलिकमसंगको सहकार्यमा मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यार्थीहरुले मोबाइल, ट्याब्लेट र कम्प्युटरको माध्यमबाट शिशु कक्षा देखि कक्षा १० सम्मका श्रब्य, दृश्यका सामाग्रीहरु अध्ययन गर्न सक्नेछन् । 

उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने टेलिकमको अपेक्षा छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो।

उक्त प्लेटफर्मको विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन्। नेपाल टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई–क्लास प्रयोग गर्न सक्ने छन्।् । मिदास ई–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुको वारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने छन्न् ।

शिक्षकले बिद्यार्र्थीका लागि आवश्यक पाठ्य सामग्री यसै मार्फत उपलब्ध गराउन सक्ने छन्।् । त्यसैगरी अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्ने छन्।् । 
मिदास ई–क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत ःष्म्बक भऋीब्क्क् एप डाउनलोड गर्नु पर्छ। यो सुविधा भोलि असार १२ देखि उपलब्ध हुनेछ। यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्ने छन् ।

यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ। मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने छ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरुको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने छ । 
इन्टरनेटको माध्यमबाट सामग्रीहरु उपलब्ध गराइने भएकोले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकाले समेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास छ ।

0 comments

Write Down Your Responses