Powered by Blogger.
श्रीमानले अलपत्र पारेपछि न्याय माग्दै सञ्चारकर्मी रुवीना बादी


काठमाडौं । अन्र्तजातीय विवाहकै कारण अन्यायमा पारिएको भन्दै एक सञ्चारकर्मी न्यायको ढोका ढक्ढक्याउन आइपुगेकी छिन् ।  सञ्चारकर्मीका रुपमा चार वर्ष एफएम रेडियोमा काम गरेर अन्यायका विरुद्ध आवाज उठाउँदै आएकी उनी अहिले आफैं अन्यायमा परेकी छिन् । 

बर्दीयाक रुविना बादिले रिपार्टस क्लबमा पत्रकार सम्मेलन गर्दै आफुलाई सहयोग गर्न आग्रह गरेकी छिन्  । यसअघि कैलाली, बर्दिया, जाजरकोट लगायतका जिल्लाहरुमा न्याय खोज्दै भौतारीएकी उनी त्यहाँ न्याय नपाएपछि काठमाण्डौ आएकी हुन् ।

विगत २ वर्ष  अघि प्रेम विवाह गरेर श्रीमान संगै  बसेकी उनी हाल परिवार तथा श्रीमानले तल्लो जातको भन्दै घरबाट वेपत्ता भएपछि  उनलाई समस्या परेको हो ।  उनी भन्छिन्, ‘मलाई मेरो श्रीमानले अहिले पनि जाऔ भन्छ भने म जान तयार छु । तर मलाई छोड्ने नियतले उहाँको परिवार नै वेपत्ता भएर अहिले विचल्लीमा पारिएको छ । ’
मलाई मेरो श्रीमानको साथ अझै चाहिएको छ । मैले विगत देखी नै आफ्नो श्रीमानको टर्चर सँहदै सहदै आएकी छु । तर, अहिले मेरो श्रीमान एका एक गायब भएपछि म उहाँलाई खोज्दै यहाँ आएकी छु । उनी आफुले न्याय पाउने आसमा काठमाडौ आएको बताउँछिन्  । 

उनी श्री महिला तथा बालबालिका सेभ हाउसको सहयोगमा काठमाडौ आएकी हुन् । उनी पहिले रेडियोको कार्यक्रम सञ्चालिका थिईन । सोहि समयमा उनको श्यामलाल ओलीसंग चिनजान भएर प्रेम बसेको थियो ।

उनले स्टेजमा भक्कनीदै भनिन्, ‘मेरो छोरा विरामी छ । उसको मुटु सम्बन्धी रोग छ । यसको उपचारको लागि मलाई मेरो परिवारबाट सहयोग भएको छैन । उसको ज्यानको चिन्ता सधै भैरहेको हुन्छ । 

यसैले हाल मलाई अधिकार हैन स्वरोजगार चाहिएको छ । मैले रोजगार पाए भने आफ्नो बच्चाको उपचार गर्न सक्छु । साथै आफुलाई पाल्न पनि सहयोग पुग्न सक्ने उनले बताएकी छिन् । 

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार तथा दलित अधिकार कर्मि सरु सुनारले आफुले उनलाई न्याय दिलाउन हर सम्म प्रयास गर्ने बताइन्  । उनले कार्यक्रममा रुविनाको बारेमा जानकारी गराउदै भनिन–कहिले सम्म   दलित युवाहरुले जातिय विभेदको सिकार हुने ? अब जागरुक भएर सबैले लाग्नु पर्ने बेला भयो ।  

सम्मेलनमा बोल्दै श्री महिला तथा बालबालिका सेभ हासकी अध्यक्ष जानकी मरासीनीले भनिन्, बहिनीको अवस्था अहिले एकदमै गम्भिर छ । उनलाई हामीले धेरै प्रयास र मेहेनत गरेर यहाँ सम्म ल्याएका हौ । उनी बेलाबेलामा मुर्छा पर्दा हामीलाई डर लाग्थ्यो । 

मलासीले उनलाई कैलालीमा भेट्टाएर अत्तरिया स्थीत आफ्नो आश्रममा लगेर राखेपछि कानुनी हिसाबले त्यहाँ राख्न नपाउने भन्दै दबाब आउदा उनले तत्कालै आर्थिक सहयोग मागेर रुबिनालाई काठमाण्डौ ल्याएकी थिईन । अहिले रुविना मानब सेवा आश्रमको शरणमा पुगेकी छिन् ।

काठमाण्डौ आफैमा एउटा महंगो ठाउँ हो । यहाँ सहयोग माग्दा कसैले सहयोग गर्दैन् । यसैले हाल उनलाई केहि समय खान बस्न अफ्ठ्यारो नहोस भनेर मानव सेवा आश्रममा राखीएको छ । मानव सेवा आश्रम स्थापना भएको छोटो अवधिमै धेरै जनालाई शरणमा लिएर उनीहरुको रेखदेख गरिरहेको संस्था हो । हल यो संस्थामा करिब १२ सय भन्दा धेरै दाताहरुले सहयोग गरिरहेका छन् । 

उनीहरुले विभिन्न कारणबस घरबार विहिन तथा विभिन्न उत्पीडनमा परेर घरबार विहिन बनेकाहरुलाई सहयोग प्रदान गर्दै आएको छ । यो संस्थाले १० जिल्लाका १२ वटा स्थानबाट आश्रमका शाखाहरु सञ्चालन गरिरहेको छ ।  यस्तै रुविनाले पनि आफु मानव सेवा आश्रमको सहयोग पाएपछि न्याय पाउने आशा पलाएको बताएकी छिन् ।

0 comments

Write Down Your Responses