Powered by Blogger.
पालुङ जेसीजद्धारा बिभिन्न कार्यक्रम सार्बजनिक

थाहा नगर /  मकवानपुरको उत्तरी थाहानगरमा रहेको पालुङ जेसिजका बर्ष २०१८ को नयाँ कार्यसमितिले विभिन्न कार्यक्रमहरु सार्बजानिक गरेको छ । यहि श्रावण र भाद्र महिनामा संचालन गरिने कार्यक्रमबारे थाहाको थाना बजारमा पत्रकार सम्मेलान आयोजना गरि जानकारी गराएको पालुङ जेसिजका महा सचिव सानोबाबु मोक्तानले जानकारी दिए ।

पत्रकार सम्मेलानमा संस्थाका अध्यक्ष विजय श्याम अमात्यले गोपीकृष्ण एकल तथा धर्मलाल गायन प्रतियोगिता, भाषण कला तथा उद्घोषण तालिम, सुरेन्द्रमान ओराटरी कन्टेष्ट, भरत रत्न जेहेन्दार छात्रवृति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको तिज बिशेष प्रस्तुति लगायतका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
साथै पालुङ जेसीजले जेसीज सचिवालय तथा सेफ्टी ट्याङ्की निर्माण सुरु गर्ने कार्यक्रम समेत यही श्रावण महिनामा तय भएको पालुङ जेसिजका महा सचिव सानोबाबु मोक्तानले जानकारी दिए ।

सम्मेलनमा जेसीजको कार्यकारीणी उपाध्यक्ष मनोज रायमाझी, उद्धब बिडारी, मिडिया एसोसियसनका अध्यक्ष कुमार नेगी, बिकास खबर साप्ताहिकका प्रधान सम्पादक सुरज कुमार भुजेल, रेडियो दामनका इच्छापूर्ण कार्की, शान्तिपुर दैनिकका जनक लामा, जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses