Powered by Blogger.
‘दामन पोस्ट’ १२ औं वर्षमा


विकास, राजनीति, जनचासो र समावेशी आवाजको संवाहक बन्ने उद्देश्यले साप्ताहिक रुपमा दामन पोष्टको यात्रा सुरु गरेको पनि ११ वर्ष पुरा भएर १२  वर्ष लागेको छ । यही साउनबाट हाम्रो ११ वर्षे कार्यकाल पुरा भएको छ । 

२०६४ साल साउनबाट तयारी थालेर भदौको पहिलो हप्ताबाट हामीले दामन पोष्टको पहिलो अंक पाठक समक्ष ल्याएका थियौं । 

सर्वप्रथम हाम्रो ११ वर्षे कार्यकाल सफलताको साथ पुरा भएको र १२ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा हामी हाम्रा तमाम पाठक, सुभेच्छुक, समर्थक, लेखक, विज्ञापनदाता लगायत सबै–सबैमा मुरी मुरी बधाई तथा हार्दिक शुभकामना टक्र्याँउछौं । 

हामीले उतीबेला भनेका थियौं ‘हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाटै सुरु हुन्छ, हामी पहिलो पाइलो टेक्दैछौं । हामीलाई सफल बनाउने जिम्मा तपाँइहरुकै हो ।’ नेपाली पत्रकारिता क्षेत्रमा जुन मिशन र उद्देश्य बोकेर हामी हामफालेका थियौं, अहिले लाग्छ, असफल भएका छैंनौं तर मिशन  पुरा भएको छैन, जारी छ । त्यही भएर हाम्रो यात्रा पनि जारी छ । 

सुरुका दिनमा हामीले धेरै संघर्ष ग¥यौं । हण्डर खप्यौं । यसलाई टिकाउन नसकिने चिन्ताले निरन्तर कर्ममा जुटिरह्यौं । 

अनि कर्म जारी राख, फलको आशा नराख, फल आफैं हात पर्छ भनेर गितामा उल्लेख गरिएको महत्वपुर्ण भावनाले हामीलाई कर्ममा दत्तचित्त भएर जुट्न अभिप्रेरीत गरिरह्यो । त्यस हिसावले हाम्रो यात्रा अझै जारी छ । 

अहिले हामी दामन पोष्ट डटकम अनलाइनको यात्रामा पनि गइसकेका छौं । आम पाठकहरुले माया र सद्भाव दर्शाइरहनु भएको छ ।



जनताको आवाज बोल्ने, भ्रष्ट्रचार, बेथीति र अनियमितता विरुद्ध जेहाद छेड्ने अनि आवाज विहिनको आवाजका रुपमा दामन पोष्टलाई प्रयोग गर्ने हाम्रो यात्रा गतिशिल छ ।

विगतमा झैं आगामी वर्षहरुमा पनि यहाँहरुको साथ, सहयोग र सद्भाव पाइरहुँ । पुनः ११ औं वर्ष पार गरेको अवसरमा सबैलाई हृदयदेखि नै दामन पोष्ट टिमका तर्फबाट हार्दिक धन्यवाद छ । कृतज्ञता प्रकट गर्दछौं । र, सबैमा आभार समेत व्यक्त गर्दछौं । धन्यवाद । 

संगिता अधिकारी
प्रकाशक

0 comments

Write Down Your Responses