Powered by Blogger.
सबैतिरबाट आएका नेता–कार्यकताको उचित मुल्याङ्कन हुनुपर्छ

लोकेन्द्रबहादुर शाही, युवा नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)

तपाई नेकपा मालेको युवा संगठनको अध्यक्ष तथा  पार्टीको केन्दिय सदस्य हुनुहुन्थ्यो, केही  चुनाव अगाडि एमालेमा प्रवेश गर्नु  भयो,कस्तो अनुभव भईरहेको छ ?

मुख्यत वृहत कम्युनिष्ट केन्द्र बनाउने महाअभियनमा हामी पनि सहभागि हुँ भन्ने हाम्रो धारणा हो ।  हामी तत्कालिन नेकपा एमालेमा प्रवेश गर्नु अगाडि नै मुलुकमा संबिधान जारी भइसके पनि संबिधान कार्यान्वयन गर्नका लागि दुई तहको निर्वाचन हुन बाँकी नै थियो । स्थानीय निर्वाचन  मात्र भइसकेको थियो ।

त्यो समयमा दुईं ठुला पार्टी तत्कालिन एमाले र माओवादी केन्द्रको चुनावी एकता हुने र यसमा अन्य बामपन्थी पार्टी पनि सामेल हुन सक्ने भनेर आव्हान गरिएको थियो । त्यो बेला हामीले तत्कालिन मालेका नेतृत्व सम्हालेका सिपी मैनालीलाई भन्यौं की हामी अब छुट्टै बस्नु हुँदैन ।

हामी पनि यहि महाअभियनमा जाउँ जबकी मुलुकमा अब धेरै परिर्वतन   भैसक्यो, संघिय लोकतान्त्रिक गणतन्त्र आइसक्यो । संबिधान जारी भइसक्यो । यसलाई कार्यान्वयन गर्ने दिशामा हामी सबै मिलेर योगदान गर्नुपर्छ र  यो राष्ट्रलाई समृद्ध,सुशासन शान्तिको राष्ट्र बनाउनु पर्छ ।

त्यो बेला मालेको नेतृत्व सम्हालेका  सिपी मैनालीले मान्नु भएन । उहाँले  भन्नु भयो की अहिले त्यहाँ गएर केहि हुदैन । उहाँले अलिकति शंका गर्नु भयो ।


कस्तो खालको शंका गर्नुभयो उहाँले ?

एमालेमा बिभिन्न खालका मान्छे छन् । तिनीहरुले हामीलाई केहि पनि दिँदैनन् र देशमा दुई ठुला पार्टी मिले पनि  केहि  हँुदैन भन्ने अबिश्वास गर्नु भयो ।

पार्टीलाई तत्कालिन अवस्थामा एकता नगर्ने भने पछि हामीले सोच्यौ ‘मैनाली ज्युले सहि बिश्लेषण गर्नुभएन ।’ मुलुकमा अब दुई ठुला बामपन्थी पार्टी एक हुँदै छन् । मुलुक परिर्वतनको दिशामा छ  । मुलुकलाई शान्ति र सम्बृद्धिको बाटोमा अगाडि बढाउन आवश्यक छ । यसमा देशी बिदेशी  तत्वहरुले कमजोर पार्न खोजी रहेको बेलामा हामी छुट्टै बस्नु हँुदैन । भन्दै हाम्रो तत्कालिन मालेको ठुलै टिम हिक्मतबहादुर देउवाको नेतृत्वमा ७ जना पोल्टिब्युरो सदस्य, २१ जना केन्द्रिय सदस्य र भात्रृ संगठनका  प्रमुुख नेताहरु लगायत हाम्रो ठुलै टिम एमालेमा प्रवेश भएका थियौ ।

त्यसयता चुनावमा लागियो, आ–आफ्नो स्थानमा जुटेर पार्टीलाई जिताइयो । अहिले जिम्मेवारी विहिन भइएको छ ।
तर तपाईहरु  त विना शर्त कुनै स्वार्थ नराखी एमालेमा आउनु भाको रे नी, अहिले किन असन्तुष्ट हुनुहुन्छ त  ?

यसमा  त त्यस्तो कुनै असन्तुष्टी होइन ।  तर हामी प्रवेश गर्दा एउटा प्रतिवद्धता चाँहि थियो ।

त्यो प्रतिवद्धता के हो भने  सबैजना यहि महाअभियानमा जाने हो । कम से कम बामपन्थीको बहुमत ल्याउन हामी सबै लाग्नु पर्छ भन्ने हाम्रो मान्यता थियो । यस मुलुकलाई शान्ति र सम्बृद्धिको दिशामा लैजानको लागी बिना स्वार्थ हामी एमालेमा आएका हौं ।

तर सम्मानजनक जिम्मेवारी दिने नेताहरुको प्रतिवद्धता थियो ।  एक तह घटाएर पोल्टिब्युरो सदस्यलाई  केन्दी्रय सदस्य र केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा लैजाने कुरा थियो । पार्टीको जनबर्गीय संगठनका जुन जुन तहका पदाधिकारी छन । त्यसको एक तह घटाएर जिम्मेवारी दिने भन्ने थियो ।

हामीले त्यती बेलाका  एमालेका महासचिव  ईश्वर पोखरेलसंग कुराकानी गरेका थियौं । हामीलाई पार्टी अध्यक्ष केपी शर्मा ओली कमरेडले एमालेमा प्रवेश गराउनु भएको हो । उहाँले पनि त्यती बेला हामीलाई आश्वासन दिनु भएको थियो । पक्कै पनि हामी तपाईहरुलाई जिम्मेवारी दिन्छौं भन्नुभएको थियो ।

 तर त्यो प्रतिवद्धता पार्टी एकतामा देखिएन  । हाम्रो  टिमबाट चाहि  जम्मा एक जना मात्र केन्द्रिय  स्तरमा अटाउनु भो ।  हामी केन्द्रिय तहमा अटाएनौ ।



पछि गुनासो गर्नुभएन नेताहरुसंग ?

हामीले यो कुरा नेता कमरेडहरुलाई राख्यौं ।

हामीलाई अध्यक्ष कमरेडले तपाईहरुलाई जिम्मेवारी दिन्छु भन्नुभएको थियो, कार्यान्वायन भएन भन्दा  दुई ठुला पार्टीबीच एकता भएर मिलाउन केही समस्या प¥यो भन्नुभयो ।

ठुलो पार्टी भो, त्यसैले यसमा चाँहि त्यो धारबाट आएको एक जना कमरेडलाई प्रनितिधीत्व गराएका छौ र अरु कमरेडहरुलाई प्रदेश कमिटीमा दक्षता योग्यता क्षमता हेरेर जिम्मेवारी दिन्छौं भन्नुभएको छ । 

दुई ठुला पार्टी मिलिसकेपछि आफै ठुलो महाँसागर जस्तै छ, आ–आफनै नेता कार्यकर्ता व्यवस्थापन गर्नमा समस्या होला, अब त्यहि हिजोको प्रतिबद्धता अनुसारको जिम्मेवारी तथा भूमिका पाउँला भन्ने आशा छ र ?

अहिले ठुला दुईटा पार्टी  मिलेर एक पार्टी भैसकेपछि दुईवटा फरक फरक पार्टीबाट आएको  दुई लाइन छ भन्ने नै होइन । अब हामी एउटै पार्टीका नेता कार्यकर्ता हौं ।

हिजोको योगदान, योग्यता, क्षमतालाई कदर गर्दै सबै समुहबाट आएका  र ति दुईटा पार्टीबाट आएकाको उचित मुल्याङ्कन हुनुपर्छ ।  हिजो पनि दुईटा पार्टीको  हकमा एउटा भागबण्डा भएकै हो । हामी एउटा सानो समुहबाट आएको भनेर त्यो खालको व्यवहार चाँहि भएकै हो ।

तर अब हामी  के विश्वास गर्छौ भने अब त्योे समस्या आँउदैन । हामी सबैलाई प्रदेशमै राख्नुपर्छ भन्ने त छैन । जो निरन्तर राजनीतिक जीवनमा सक्रिय छन् । त्यस्ता व्यक्तिलाई पार्टीले अवश्य नै जिम्मेवारी दिने नै छ भन्नेमा आशा विश्वास छ । त्यसमा कुनै शंका छैन ।



मालेका महासचिव सिपी मैनालीले अलिकति समन्वय गरेर लान नसक्ने र साघुरो घेराममा पार्टी सञ्चालन गर्न प्रयास गर्नुभयो  भन्ने आलोचना सुनिन्छ, यसमा तपाँइको अनुभव के छ ?

मेरो अनुभवले के भन्छ भने सिपी मैनाली भनेको यो राष्ट्रकै एउटा ठुलो नेतामा पर्नु हुन्छ  । उहाँ बौद्धिक तथा  बैचारीक रुपमा पुर्ण हुनुहुन्छ ।

उहाँमा राम्रो ध्यान छ, ज्ञान छ । राष्ट्रियताको सवालमा पनि उहाँ एकदमै अडिक ब्यक्तिकोे सुचिमा पर्नुहुन्छ । हिजो म बिद्यार्थी राजनीतिमा प्रवेश गर्दा बामदेव गौतम कमरेडले आफनो पार्टी एमालेमा मिलाएपछि फेरी माले गठन गरि सकेपछि उहाँको जुन जीवनशैली र उहाँका व्यवहार  देखेर म उहाँ प्रति  आकर्षित भएको हँु ।

सिपी मैनाली सरल जीवन शैलीको र एकदमै अध्ययनशिल ब्यक्ति हुनुहुन्छ । २०६२÷६३को आन्दोलन पछि संसद पुर्नस्थापना भयो । मुलुकमा एक खालको संयुक्त सरकार बन्ने अवसर आयो । त्यसबेला माले पटक पटक सरकारमा र संसदमा सामेल भयो ।

मैले पनि ३ पटक केन्द्रीय कमिटीमा बस्ने अवसर पाए  बिद्यार्थीको  जनसंगठनमा रहेर काम गर्दा उहाँलाई हामीले के भन्यौ भने तपाई राष्ट्रिय स्तरको नेता हो, तपाई संसद हुँदा केहि फरक पर्दैन । त्याँहा पार्टीको बिचार धारा पनि जान्छ । देशलाई तपाईको विचारधार एउटा  विचार बन्नसक्छ ।

तर उहाँले मन्त्री र सांसद आफुले चाहेको ब्यक्ति पठाउने गर्नुभयो । पार्टीको सदस्यै  नभएको व्यक्तिहरुको मनोनयन भयो । त्यस्तो शैलिले पार्टी चाहि तुहिँदै गयो ।

जस्तै जगतबहादुर बोगटी जस्ता चार पटक सांसद  भैसकेको मान्छे पार्टी फुटाएर गए । ऋिषी कटेल, टँक राई जस्ता नेता पार्टी छोडेर, पार्टी फुटाएर गए ।उहाँले एकलकाटे सोच राखेका कारण पार्टी फुट्दै गएको हो ।

यो कुरा हामीले उहाँलाई भन्यौ कि अब यसरी पार्टी चल्दैन । अब पार्टी  एकतामा जानु पर्छ भन्दा उहाँ पहिला सहमत हुनु भएन । पछि चाहि एकता गर्ने पक्षमा हुनुहुन्थ्यो । त्यो एकता गर्ने पक्षमा मलाई उहाँले एमाले कहाँ पठाउनु भो । 

सिपीको शन्देश लिएर कहाँ कहाँ जानुभयो त एकताका लागि ?

म एकताको कुरा लिएर एमालेका अध्यक्ष केपी शर्मा ओली, माधव नेपाल, बामदेव गौतम कमरेडकोमा गएको थिँए ।  उहाँहरुले पनि पार्टी एकता गर्दा हुन्छ भन्नुभाको थियो ।

मैले सन्देश लिएर गएको कुरा थाहा पाएपछि पार्टी भित्रका केहि एकता बिरोधी मान्छेले कडा आपत्ती गरे । एमालेमा गए  पछि केहि पनि पाँइदैन, आफ्नो व्यक्तिगत स्वार्थ हालीमुहाली हुन्न भन्ने सोच राख्ने मान्छेले यसरी पार्टी एकताको लागी लोकेन्द्रलाई एमाले कहाँ पठाउँने भन्दै ठुलो विवाद झिके ।

 कार्यदल बनिसकेको छ, तर यसलाई वाइपास गर्ने भनेर कड्कीए । पार्टी एकता गर्ने नै भए कार्यदल जान्थ्यो भनेर सिपी मैनाली कमरेडलाई अफ्ठ्रोमा पार्नु भो । मलाई पनि कारवाहीको भागीदार बनाउनु भयो । त्यसपछि सिपी मैनाली कमरेडलाई  तपाई आलोचित हुनु पर्छ  भने ।

सिपी मैनाली  कमरेडले आलोचित पनि हुनुभा बैठकमा तर मैले चाहि आत्मालोचना गरिन । किन की मलाई पार्टी एकताको कुरा लिएर जान त सिपी मैनाली कमरेडले म्यान्डेट दिनुभएको थियो ।



सिपी मैनालीको सन्देश लिएर एमालेका शिर्ष नेता कहाँ जाँदा खेरी मैनालीको प्रस्ताव वा अपेक्षा के थिए ?

सिपी मैनाली कमरेडका प्रस्ताव  केही बैचारीक र केही व्यावहारिक रुपका थिए । तत्कालिन मालेको महासचिव हुँदा  महासचिवबाट कारवाही गरेको कुरा उठाउनु भएको थियो ।

त्यो विषयमा म राजिनामा दिन्छु भन्दा भन्दै   मलाई राजिनामा दिनृ मौका पनि नदिएर मलाई कारवाही किन गरियो भन्ने उहाँको प्रश्न थियो ।

दोस्रो कुरा तत्कालिन नेकपा एमालेले जुन बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनायो त्यो होइन भन्नुहुन्थ्यो ।  कम्युनिष्ट गणतन्त्रसम्म जाने बोटालाई खुल्ला नै गर्नुपर्छ ठिक छ, अहिले  बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा लैजाउँ । छलफल–बहस  गर्दै अगाडि बढ्ने विषय हो भन्नुहुन्थ्यो ।

तेस्रो विषय अव म त्यहाँ गएर प्रतिपक्षको भूमिकामा रहने होइन । अव बिचार एउटै बनाएर जानु पर्छ । म त्यहा सधै प्रतिपक्ष भएर या  हिजो पिडित भएर  बस्दीन भन्नुहुन्थ्यो । र, एकता गर्न सकिन्छ । उहाँले मलाई भन्नु भाको थियो ।

त्यो कुरा मैले एमालेका अध्यक्ष कमरेड केपी  र माधव नेपालकोमा लिएर गए । केपी कमरेडले त केही भन्नु भएन । माधव कमरेडले चाँहि अरु कुरा जे भएपनि यो बहुदलीय जनवादको विरुद्धमा साथीहरुले कुरै सुन्न चाँहदैनन् । अरु कुरा  ठिक छ । पार्टी भित्र भएका कमि कमजोरीलाई हामी सुधार्दै जाउला, अरु सबै कुरा मिलिनै रहेको छ  ।  सिपी मैनाली जस्तो मान्छे आउदा हुन्छ भन्ने  खालको कुरा गर्नुभएको थियो ।

त्यो हुन्छ भन्दा भन्दै पनि पार्टीको एजेन्डा बनाउन नदिँदै सिपी कमरेडलाई केहि व्यक्तिले  अफठ्रोमा पार्नु भो ।  कुरा अगाडि बढ्न सकेन् ।



ति मान्छे को को हुन के नाम लिन सक्नु हुन्छ ?

मज्जाले  नाम लिन सकिन्छ । जस्तै डम्बर श्रेष्ठ । उहाँ मन्त्री सम्म भइसकेको मान्छे पनि हो । उहाँ पार्टी भित्र आफुलाई शक्तीशाली नेता ठान्नु हुन्छ ।

 दोस्रो  कुमार बेलबासे । जो हिजो माले पृष्ठभुमी नभई अन्य पृष्ठभुमीबाट  आउनुभयो र अहिले पार्टीको ठुला  नेता ठान्नु हुन्छ ।

केहि मान्छे, एमाले माओवादी केन्द्र छोडेर आएका थिए ।  एमाले र माओवादी केन्द्रमा केहि भूमिका जिम्मेवारी नपाएर मालेमा गएर केन्द्रीय तहको भूमिका पाएपछि उत केहि पाइदैन भन्ने खालका केहि मान्छे थिए ।

त्यस्ता मान्छेले नै पार्टी एकताबाट रोकेका हुन्  । 

अव सिपी मैनालीलाई तपाइको  सुझाव के छ ?

मेरो  सुझाव के छ भन्ने सिपी कमरेडलाई  हामी  सबै कम्युनिष्ट मिलेर जानु पर्छ  । देशको बिकास र  सम्बृद्धि सहित राष्ट्र बनाउने दिशामा अगाडि बढ्नु पर्छ ।

तपाई छिट्टै पार्टीमा सल्लाह गरि नेकपामा आउनु पर्छ । हामी सबै कम्युनिष्ट मिलेर देशको मुहार फेर्नु पर्छ भन्न चाहन्छु ।  

तपाई युवा बिद्यार्थी आन्दोलनबाट आएको नेता, अहिले दुई तिहााईको सरकार पनि बन्यो । यो सरकारको कार्यशैली कस्तो लागिरहेको छ   ?

अहिले हामीले जुन बहुमत ल्यायौ । त्यसमा  संघिय समाजवादी पार्टी सरकारमा आइसकेपछि र मधेशवादी पार्टीले पनि समन्वय गरि सकेपछि हाम्रो सरकारको दुई तिहाई बहुमत छ ।

अव कार्यशैलीको कुरा गर्ने हो भने अहिले  हाम्रो सरकारलाई विषेश  गरेर  धेरै अफठ्यारा छन् ।

हामी स्थानीय,प्रदेश, संघ गरि तिन तहमा गएका छौ । राज्य संचालनका अब फरक तरिका छ । अत्यन्तै नयाँ तरिकाले  काम गर्नु पर्ने छन् ।

अहिले हामीले बिभिन्न  खालका नियम कानुन बनाएर  अगाडि बढ्नु पर्ने र सबै नयाँ भएकाले  सरकार त्यस तर्फ  अल्मलीएको हो । अव सरकार त्यता  अल्मलिने होइन ।

सरकारले यो नयाँ व्यवस्था अनुसार नयाँ ढंगले चल्नु पर्छ । पुरानै ढंगले  र पुरानै तरिकाले सरकार  चल्यो भन्ने  कुनै भिन्नता देखिने छैन ।



तपाईको  पार्टीको सरकार बनेको ६ महिना बिति सक्यो, कुनै राहत छैन, महंगी बढेको बढ्यै छ, मन्त्रीहरु कुनै गतिला छैनन्, सबै बिवाद र  भष्ट्राचारमा मुछिएको भनेर मिडियामा आइरहेको छ, यस कुरालाई के भन्नुहुन्छ ?

यो कुरा सरासर गलत हो  । हेर्नुस अहिले कुनै मन्त्री भष्ट्राचारमा मुछिएका छैनन ।साना साना कुरालाई कोट्याएर काम गर्ने हो भने त कामै हुदै हुदैन ।

सानो कुरालाई ठुलो पहाड जत्रो बनाएर कानुान्त्रीलाई राजिनामा दिन बाध्य  पारियो ।

हेर्नुस, उहाँले नैतिकवान इमान्दार भएर राजिनामा दिनु भयो । यस्तो अहिले सम्म कसै मन्त्रीले गरेको छैन  ।

मन्त्री रविन्द्र अधिकारीको कुरा आयो । म अहिले ब्यस्त छु, भोली कुरा गरौंला,  अहिले यो कुरा भन्न मिल्दैन भन्दा माइक  ढालेको देखाएर उहाँको बदनाम गर्ने हद सम्मको काम भयो ।  पत्रकार बन्धुहरुले पनि त यस्तो गर्नु भएन नी ।  

सरकारको सिन्डीकेट हटाउने कुरा पुर्ण रुपमा कार्यान्वयन हुन सकेन नी ?

सरकारले सिन्डीकेट हटाउने जुन कुरा ल्याएको थियो ।अत्यन्त राम्रो हो । त्यति बेलाका महानिर्देशकले अडान  पनि लिनु भएको थियो । सचिवज्यूको पनि अडान थियो ।

पछि उहाँहरुले किन हो फितलो ढंगले लिनु भो, सिन्डीकेट पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन  उहाँले भूमिका खेल्नु भएन भन्ने कुरा आइराको छ  ।

त्यो कुरा सहि हो भन्ने नैतिक जिम्मेवारी उहाँले नै लिनु पर्छ । यसमा उहाँले पनि बिचार  गर्नु पर्छ जस्तो लाग्छ ।

किन भने, सरकारले लिएको नीति बिचारलाई र सरकारकाले लिएका  निर्णयलाई उहाँले कार्यान्वयन नगर्ने, ब्यक्तिवादी चरित्र देखाउनु हुन्छ भने त्यो त उहाँले विचार गर्ने कुरा हो ।

प्रतिपक्षले त सडक आन्दोलन गर्न थाल्यो सरकार विरुद्ध, यसमा के भन्नुहुन्छ ?

अहिले नेपालमा  भर्खरै संघिय गणतन्त्र स्थापना  र नयाँ संविधान कार्यान्वयन भइरहेको बेलामा त्यसलाई स्थापीत गर्ने र त्यसलाई संस्थागत गर्ने बेलामा प्रतिपक्षले बखेडा झिकिरहेका छन् । उसले बखेडा झिकेको केको लागि ?

कुर्सीका लागि ? चुनावमा हार्ने अनि कुर्सी पाइन्छ ? के काँग्रेस सत्ताबाहिर कहिल्यै बन्न हुन्न ?केही समय सत्ता बाहिर रहनुप¥यो भने सधैं पानी विनाको माछो जस्तै छट्पटाइ हाल्नुपर्छ ?
नेपाली कांग्रेसले जुन हत्कण्डा मच्चाइरहेको छ । यो अहिलेको  उपयुक्तबेला होइन । अहिलेको समय भनेको त सबै मिली देशको विकास गर्ने बेला हो । सम्बृद्ध राष्ट्र सुखी नेपाली बनाउने समय हो ।

0 comments

Write Down Your Responses