Powered by Blogger.
ईन्द्रसरोवर – ३ नारायणथानमा राष्ट्रिय कलाकारको जमघटमा तिज मनाइने


मकवानपुर । नेपाली नारीहरुकोे महान पर्व हरितालिका तिजको अवसरमा मकवानपुरको ईन्द्रसरोवर–३ नारायणथानमा तिज विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ ।

विभिन्न राष्ट्रिय कलाकारको सहभागितमा यहि मिति २०७५ भदौ २७ गते कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त गायक गायिका अशोक तामाङ, सुनिला गुरुङ, सरोज लामिछाने लगायत नृत्यकार सुभाष लामा र मिलन तामाङको बेजोड सास्कृतिक प्रस्तुति रहने बताइएको छ  । 

कार्यक्रम सब्य र भब्य बनाउन यतिबेला आयोजकहरु पुर्णरुपमा तयारीमा जुटिरहेका बताइएको छ । 

सो कार्यक्रमको मिडीया पार्टनरका रुपमा  दामन पोष्ट डटकम, सेन्टर खबर डटकम, रेखाङ्कन मासिक, मनहरी एफएम लगायत रहेका छन् । 

0 comments

Write Down Your Responses