Powered by Blogger.
मकवानपुरका पत्रकारले सीडीओ मार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

मकवानपुर /  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको कानून परिमार्जन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखालेआज मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारको टोलीले प्रमुख जिल्ला अधिकारी असमान तामाङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी ) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङले पत्रकार महासंघको ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमनत्री समक्ष पठाईदिने बताए ।

0 comments

Write Down Your Responses