Powered by Blogger.
बुढ्यौलीमा पनि व्यवसायिक खेतीपातीमा लोभलाग्दो जोश



हेटौडा । मकवानपुर जिल्ला मकवानपुरगढी गाँउपालिका अन्तर्गत धादिङ निवासी बिष्णुप्रसाद लम्साल ५८बर्षको उमेरमा पनि व्यवसायिक खेतीपातीमा व्यस्त छन् ।

मकवानपुर जिल्लाकै साविक बुढी चौरमा रहँदा राजनीतिमा  पनि उनले धेरै पसिना बगाए । उनी धेरै पटक गाउ स्तरिय सार्बजनिक पदहरु सम्हालेर अघि बढे ।

बुढिचौरबाट धार्दिङ बसाई सरिसके पछि पनि उनले स्थानीय उच्चमाबिको सञ्चालक समितीको सदस्यका रुपमा काम गरिरहेका छन् ।

जीवनको उत्तरार्धमा राजनीतिका साथ साथै खेतीपातीलाई पनि अझ महत्वका साथ अंगालेका बिष्णुप्रसाद सहयोग र सरोकार संस्थाले प्राङगारीक तरकारी खेतीमा तालिम प्रदान गरेपछि अझ वयापक भूमिकामा आए । उनी अहिले जागृती कृषक समुहको अध्यक्षको जिम्मेवारी सम्हालेर जोशका साथ ब्यबसायीक खेतीमा होम्मीएका छन् ।

गाँउमा  एक गैरसरकारी संस्था सहयोग र सरोकारका  सानु सर भनेर चिनीएका राजु श्रेष्ठबाट प्राङगारीक तरकारी खेती सम्वन्धी व्यावसायिक तालिम प्राप्त गरेपछि उनले पनि प्राङगारीक खेती तर्फ पाइला चाल्न थालेका हुन् ।

समुहको हरेक कदमहरुमा साथ दिने समुह प्रतिनिधी केदार बहादुर बजगाईका कारण पनि उनी कृषि कार्यमा दत्तचित्त भएर लागेका हुन् । 

यसैगरी समुह प्रतिनीधि केदार बजगाई मार्फत रेशन प्रजाप्रतीसंग चिनापरिचित भएपछी उनलाई प्राङगारीक खेती तर्फ उत्साह मिलेको बताए ।

एक छोरा र पाँच छोरीका बाबु बिष्णुप्रसादले दश कठ्ठामा आलु खेती गरेर एक सिजनमा रु एक लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

यसैगरि धान, मकैबाट रु २ लाख सम्म आम्दानी गर्ने गरेको उनी बताउँछनन् । त्यस्तै उनले तिन ओटा गाई,  र तिन ओटा भैंसी पालेका छन् ।  जसबाटबाट उनले दैनीक १७ लिटर दुध डेरीमा पु¥याउने गरेका छन् ।

जसबाट दैनीक ८ सय बराबरको आम्दानी हुर्ने गर्दछ । ‘समुहको अध्यक्ष भए पछि आफ्नो खेतीपाती मात्र नभएर समुहका सदस्यहरुको उन्नती  र प्रगतीलाई पनि मध्यनजर राख्नुपर्ने हुन्छ ।’–उनले सुनाए । 

त्यसैले समुहका सचिव नारायण बन्जारा लगायत समुहका सबै सदस्यहरु संघ एकतावद्ध भएर उनले सहयोग र सरोकारबाट सामुहिक खेतीका लागि उपलव्ध भएको अनुदान रकमलाई जग्गाभाडामा लिएर सामुहिक आलु खेती सुरुगरेका थिए ।

धादिङ क्षेत्रमा पहिलो पल्ट सामुहिक रुपमा प्राङगारीक तरकारीबाट आलुखेती गर्दा धेरैले पत्याएका थिएनन् । तर उनको सहमति र सचिव नारायण बन्जाराको आँटको कारण बोर्ड समेत झुन्ड्यार सुरु गरेको खेतीले प्राङगारीक तरीकाबाट पनि राम्रोसंग आलु उत्पादनहुने कुरा प्रमाणीत गर्न सफल भएका छन् ।  यसबाट उनी आफै पनि निक्कै प्रभाबित भएका छन् ।

सहयोग र सरोकारको आर्थीक तथा प्रबिधीक सहयोगमा सामुहिक रुपमा गरिएको यस खेतीले गर्दा उनको समुह अन्य सरकारी तथा गैर सरकारी संस्थाहरुको नजरमा पर्न सफल भएको छ । ‘वास्तबमा सहयोग र सरकारी संस्थाले अनुदान दिएको रकमले समुहिक आलुखेती गरेको कारण नै अन्य सरकारी तथा गैरसरकारी संस्थामा हाम्रो चिनाजान भएको हो ।’उनले ढुक्कका साथ भने । 

जिल्ला कृषी कार्यालयको सहयोगमा उनले गड्यौंला मलको स्थायी बेड बनाउन सफल भएका छन् । यसैगरी अनुदानमा टिपीएस आलुको मुल बिऊ पनि लगाएर पहिलो किस्ताको बिउ निकाल्न  समेत उनी सफल भएका छन् । 

गड्यौंला मलको प्रयोगले लसुन र प्याज खेती निक्कै नै  सप्रिएको उनको अनुभब छ । यसपछि भने उनमा पनि प्राङगारीक खेती तर्फ बिश्वास जागेको छ ।

वास्तवमा सहि तरिकाले मलको व्यस्थापन गर्न नजानेको कारण नै हामी रासायनीक  खेती तर्फ लाग्नुपरेको हो –उनको ठम्याई छ । 

पछिल्लो समयमा उनले सहयोग र सरकार संस्था मार्फत नै फलफुल खेती तथा जडीबुटी नर्सरी सम्वन्धी तालिम लिने अबसर पाएका छन् ।

त्यसैले उनी ति सहयोगी संस्थालाई मुरी मुरी धन्यबाद दिन चाहन्छन् । 

–खेमराज खनाल 

0 comments

Write Down Your Responses

pfizer vaccine