Powered by Blogger.
पत्रकार सापकोटाको स्वास्थ्य सुधारोन्मुख


काठमाडौँ । पत्रकार राजेश सापकोटालाई मस्तिष्काघात भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ ।

कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । 

मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण गरेको थियोे ।

न्युरो अस्पतालले मस्तिष्काघात भएको पत्ता लगाई उपचार शुरु गरेको थियो । यो समस्या देखिएको ९० मिनेटमा यसविरुद्धको खोप नलगाए रोगीको मृत्यु सम्भावना रहन्छ । पत्रकार सापकोटा ४० मिनेटमै चिकित्सकको सम्पर्कमा पुगेपछि उपचार सम्भव भएको बताइएको छ । 

न्यूरो सर्जनको प्रयासपछि उपचार सफल भएको छ । कात्तिक २८ गतेदेखि उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । सापकोटा दुई दशक अघिदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । 

केही वर्ष यतादेखि उहाँ सत्याग्रह साप्ताहिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ । पाँच दिन सो अस्पतालमा आइसीयु कक्षको चिकित्सकको सघन निगरानीमा उपचार गरेका सापकोटा हाल भने भक्तपुर कटुन्जे स्थित निजी निवासमै चिकित्सको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । 

दामन पोष्ट परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

0 comments

Write Down Your Responses