Powered by Blogger.
हेटौंडा नै राजधानी कायम राख्न प्रचण्ड सकारात्मक


हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडामा नै बनाउने विषयमा नेकपा अध्यक्ष प्रचण्ड सकारत्मक देखिएका छन् । 

प्रदेश नंबर ३ को राजधानीको विषयले अहिले सर्वा्धिक चर्चा पाएको सन्र्दभमा प्रचण्डले सकारात्मक अभिब्यक्ति दिएपछि मकवानपुरेको लागि खुसिको विषय बनेको छ ।

मकवानपुरे समाज काठमाडौँले प्रदेश ३ को राजधानी हेटौँडा बनाउने विषयमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने सन्र्दमा प्रचण्डले आफु यो विषयमा गम्भिर रहेको र हेटौँडा हुनुपर्छ भन्नेमा सकारत्मक रहको प्रतिक्रिया दिएका थिए । 

केहि समय अघि हेटौँडाको एक कार्यक्रममा समेत प्रचण्डले हेटौँडाबाट राजधानी नसर्ने भन्दै मकवानपुरे जनतालाई ढुक्क हुन आग्रह गरेका थिए । 

राजधानीको विषय अबको प्रदेशसभा बैठकमा टुंगो लाग्ने भएपछि अहिले यो विषयले प्रदेश नंबर ३ मा मात्र नभएर देशमानै निकै चर्चा पाएको छ । 

टोलीमा मकवानपुरे समाजका सल्लाहकार तथा प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी र समाजका पदाधिकारीहरु संलग्न थिए । 

0 comments

Write Down Your Responses