Powered by Blogger.
पालुङ बहुउद्देश्यीयमा नयाँ नेतृत्व, कार्की अध्यक्ष–ढकाल लेखा संयोजक


पालुङ । उत्तरी मकवानपुरको चर्चित तथा सबैभन्दा बढी पुँजी परिचालन गर्नसक्ने क्षमता भएको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध  निर्वाचित भएका छन् ।  

शनिवार भएको निर्वाचनमा र्काी संस्थाको अध्यक्षमा निर्वाचित भएका हुन् । 



अध्यक्ष कार्की उक्त संस्थाको पूर्व उपाध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका अवकासप्राप्त कर्मचारी समेत हुन् । यसैगरी सहकारीको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा अच्युतमप्रसाद ढकाल निर्वाचित भएका छन् । 
ढकाल पनि निवीरोध निर्वाचित भएका  हुन् । सहकारीको सबै टिम सर्वसम्मत निर्वाचित गराउन सफल  भएकाले राम्रो सन्देश दिएको छ । 

त्यसैगरी यसअघि कोषाध्यक्ष रहेका कृष्णबहादुर विष्ट उपाध्यक्ष पदमा निर्विरोध भएका छन् । सहकारीको सचिवमा अरुण रायमाझी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सानुकाजी गोपाली निर्वाचित भएका हुन् । 

संस्थाको ८ मंसिरमा सम्पन्न निर्वाचन कार्यक्रम अनुसार सदस्यहरुमा नवराज विष्ट, जर्मलाल श्रेष्ठ, रजिता ढकाल, सुमित्रा के.सी. र आरती श्रेष्ठ निर्वाचित भएका छन् ।  


यसैगरी सहकारीको लेखा सुपरीवेक्षण समितिको सदस्यमा घनश्याम अमात्य र इच्छापूर्ण कार्की निर्वाचित भएको सहकारीले जनाएको छ । 

0 comments

Write Down Your Responses