आईसीटी इन एजुकेशन नेपालले नेपालभर शुरु ग¥यो ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

बैंकका अनुसार नेपालका सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षण सिकाइकार्यमा सुधार ल्याई प्रविधियुक्त विद्यालय बनाई श्रृव्यदृश्य सामग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाइकार्यलाई प्रभावकारी बनाउने अभिप्रायले सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसीटी इन एजुकेशन नेपाल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका छन् ।
यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रक्रियामा कर्जा उपलब्ध गराउनेछ । यो कर्जा मुक्तिनाथ विकास बैंक लि.को नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराइने बैंकको भनाइ छ ।
यसबाट विद्यालय, शिक्षक र विद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारिता आउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
0 comments
Write Down Your Responses