Powered by Blogger.
काम चोर कर्मचारीहरुलाई कार्वाही गरिराछौँ : : दामोदर खनाल

मकवानपुर / बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले काम नगर्ने कर्मचारी आवश्यकता नभएको बताएका छन् । बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितिले आयोजना गरेको प्र.अ हरुको एक दिने बनभोज सहितको संयुक्त बैठकमा शिक्षकहरु अन्य काम भन्दा पढाउन तर्फ लाग्न आग्रह गरे । 

आफु कर्मचारी मात्रै नभएर देशको सेवक सम्झन आग्रह गर्दै उनले थपे,“शिक्षकको धर्म पढाउने हो, आफ्नो धर्म नबिर्सन आग्रह गर्छु ।” पछिल्लो समय गाउँपालिका भरका विद्यालयहरुको अनुगमन गरिरहेको बताउदै शिक्षक तथा प्र.अ ले विद्यालय समयमा अन्य काम गरेको थाहा पाएमा कार्वाहि गर्ने चेतावनी दिए ।  

गाउँपालिकाले विद्यालयको विभिन्न समस्याहरुको समाधान गर्दै जाने बताउदै शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि प्र.अ हरु जिम्मेवारी भई शैक्षिक क्षेत्रलाई वलियो बनाउन आग्रह गरे ।  शिक्षाको गुणस्तर बृद्धि गर्न तर्फ गाउँपालिका गम्भिर रहेको भन्दैे शैक्षिक अवस्थाको कमीकमजोरी खोजी गरिरहेको र गल्ती गर्ने केहि शिक्षकहरुलाई कार्वाहि समेत गरि सकेको बताए । 

महेन्द्र माबिका प्राध्यानाध्यापक नारायण प्रसाद चौलागाईंको सभाध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बकैया गाउँपालिकाका प्रशासकीय अधिकृत खेमराज सापकोटा, शैक्षिक समन्वय समिती सदस्य चन्द्र प्रसाद देबकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य तथा रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराज लगायतले बोलेको थिए । 

बकैया—७ को हात्तीखोला पार्कमा भएको कार्यक्रममा बकैया गाउँपालिकाका प्रसाशकिय प्रमुख खेमराज सापकोटा ,शिक्षा अधिकृत राम बहादुर घलान, स्रोत ब्याक्ति मोदनाथ पोखरेल, गाउँ शिक्षा समिति सदस्यहरु चन्द्र प्रसाद देवकोटा, भवानी तिमल्सिना, सूचना अधिकृत संतोश पाण्डे, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य तथा रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराज लगायत ७५ वटा विद्यालयका प्र.अ हरुको सहभागीता रहेको थियो । 



0 comments

Write Down Your Responses