Powered by Blogger.
सांसद खतिवडाद्धारा ९ करोडको विद्यालय भवन शिलान्यास


मकवानपुर । मकवानपुर स्थित थाहा नगरपालिका वडा नं. ११ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । 

मकवानपुर–२ का सांसद विरोध खतिवडाले शनिवार ३१ कोठे उक्त विद्यालय भवनको शिलान्यास गरेका छन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको बागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनको लागि  जापानी सहयोग नियोग जाइकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने थाहा नगरपालिका ११ नम्बर वडा अध्यक्ष किरणमान बलले जानकारी दिए ।

 विद्यालयका लागि जाइकाले ८ करोड ९२ लाख रुपियाँ सहयोग गर्ने अध्यक्ष लामाले बताए ।  कार्यक्रम प्रतिनीधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशेष अतिथि प्रदेशसभा सदस्य कुमारी मोक्तान रहेकी थिइन् । 

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, वडा नंं ११ का अध्यक्ष किराणमान बल, १२ का अध्यक्ष मान बहादुर स्याङ्तान, टोल विकास संस्थाहरुको तर्फबाट मंगल बहादुर मोक्तान, संघसंस्थाको तर्फबाट भोला राउतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, तत्कालिन एमालेका क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, तत्कालिन माओवादी केन्द्रका जिल्ला सदस्य विष्णु विष्ट, अनेरास्ववियुका  तत्कालिन केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, थाहा–३ का वडा अध्यक्ष राजेश केसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख धुव्रप्रसाद सिलवाल तथा स्थानीय संघसस्थाका प्रमुख एवं प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम वाइवाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा विद्यालयका छात्रछात्राले साँस्कृति कार्यक्रम समेत गरेका थिए । विद्यालयमा भवन निर्माणको साथै छात्र छात्रा भिन्दा भिन्दै शौचालय निर्माण, विद्यालय कम्पाण्ड, खानेपानीलगायतको पूर्वाधार निर्माण हुने अध्यक्ष बलले जानकारी दिए । 

प्रधानअध्यापक विरमान स्या्तानले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन अकौ शिक्षक ज्ञानचन्द्र शिकारीले गरेका थिए ।



0 comments

Write Down Your Responses