लियोको सप्ताहब्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण

सामाजिक कार्यमा पानी वितरण देखि विभिन्न ठुला कार्यक्रमहरुमा लियोको सक्रियता रहेको भन्दै आफ्नो कार्यकाल भित्रमा लियोको संख्यात्मक हिसावले बृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हेटौडाले लामो समय पछि लायन्समा नेतृत्व पाएको भन्दै अब लियोले पनि नेतृत्व गर्नुे वेला आएको बताए । लियोले जिल्लामा नेतृत्व पु¥याउन नसकिरहेको भन्दै अबको एक बर्षमा जिल्ला परिषद् हाक्ने मकवानपुर कै लियो युवा तयार गर्न आग्रह गरे । लायन्स र लियोले छुट्टै इतिहास दिन सक्ने भन्दै सबै लियोहरु एकजुट भएर लाग्न पर्ने उहाँको भनाई थियो ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एम्बास्डर अफ गर्भनर कृष्णराम न्यौपानेले लियो भनेको लायन्सको फाउण्डेसन हो, लियो विना लायन्सको कार्यक्रम अधुरो हुने बताए । लियोले गरेको साप्ताहिक कार्यक्रम प्रभावकारी भएको भन्दै आगमाी दिन यस्ता कार्यक्रमलाई निरन्तर गर्न आग्रह गरे ।
यरिया २ यरिया चिफ रवि शर्माले लियोको भुमिका डिष्ट्रिकमा देखाउने वेला आएको बताएका छन् । लियोहरुबाट सबैले सिक्ने अवसर प्रदान गरि समाजमा उदाहरणीय कार्य गर्दै जान आग्रह गरे । लियोलाई सबै लायन्सले सहयोग आवश्यकता रहेको उहाँको भनाई थियो ।
लायन्स लायन्स ध्रुब अधिकारीले लियोको साथ सहयोगका कारण लायन्स अगाडि बढिरहेको बताए । लियो विना लायन्स अधुरो हुने भन्दै समाजमा रहेका विकृति र विसंगति तर्फ कार्यक्रमहरु अगाडि बनाउन आग्रह गरे ।
लायन्स क्लव अफ हेटौडा बजारका अध्यक्ष पुजा श्रेष्ठले लायन्स र लियो मिलेर समाजमा नयाँ कार्यक्रम गर्नु पर्ने वेला आएको बताईन ।

कार्यक्रमको सभाध्यक्ष तथा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका रिजन २ को रिजन कोअर्डिनेटर राजन श्रेष्ठले कार्यक्रमको समापन गर्दै साप्ताहिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै आगामि दिनमा समेत साथ सहयोगको अपेक्षा राखेको थिए ।
यस कार्यक्रममा ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।





2 comments
Write Down Your Responses
December 27, 2018 at 8:50 AM
December 27, 2018 at 8:51 AM
Thankyou Leo kaliraj jee and Damanpost for News cover