Powered by Blogger.
पालुङ बहुउद्देश्यीय सहकारीलाई देशकै नमुना सहकारीका रुपमा स्थापित गर्ने योजना छ

अच्युतमप्रसाद ढकाल, लेखा परिक्षण समिति संयोजक

यो सहकारीले २० औं वार्षिकोत्सव मनाइरहँदा यसलाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले केही दिन अघि मात्र आफ्नो २० औं वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा मनायो । २० औं बार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको मन्तव्यमा समेत हाम्रा केही नयाँ नीति तथा योजनाहरु सार्वजनिक भइसकेको छ । 

मुलतः हामी यस संस्थालाई सामाजिक दायित्वमा प्रतिवद्ध, आर्थिक शुसाशनमा अडिग, सदस्य र नागरिकको आर्थिक समृद्धिको बाहक र देशकै नमुना सहकारीको रुपमा स्थापित गर्ने योजना र कार्यक्रम सहित अघि बढेका छौं । 

सबैको आर्थिक समृद्धि कसरी संभव छ त ?

अवश्य छ । हामी त्यसका लागि वृहत अध्ययन र अनुसन्धान गरी योजना तर्जुमा गर्दैछौं । यसअघि केही हचुवाका योजनाहरु फ्लप खाए । अब त्यसो हुन दिँइदैन । 

यस क्षेत्रमा संभाव्यता बोकेका कृषि, पर्यटन, व्यापार लगायतका क्षेत्रमा के कसरी योजना ल्याउन सकिन्छ र त्यो योजनामा सबै सदस्यहरुको हिस्सेदारी, अपनत्व र समृद्धि पोज्न सकिन्छ भनेर लागेका छौं । केही पहिचान पनि भइसकेको छ । 

अब हामी त्यसै अनुसार केही नयाँ दिने सोचले अघि बढेका छौं ।  त्यस्तै सदस्यहरुको आर्थिक तथा सामाजिक  विकासका लागि आवश्यक सीप र प्रविधिको माध्यमबाट उन्नत समाजको रुपान्तरण गर्ने पनि हाम्रो रणनीतिक लक्ष्य छ । 

यसैगरी सहकारिताको माध्यमवाट सदस्यहरुको चेतना अभिवृद्धि गर्दै आर्थिक, सामाजिक,शैक्षिक तथा साँस्कृतिक स्थिति सुदृढ गर्दै आत्मनिर्भर र स्वाबलम्वी  बनाउने तर्फ अब हामी लम्किनुको विकल्प छैन ।

सामाजिक उत्तरदायित्वमा प्रतिवद्ध भनिएको छ, भरपर्दो कार्यान्वयनको के योजना छ त ?

यसका लागि हामीले सदस्यहरुका बीचमा सामाजिक सहायता भलाई कोष स्थापना गर्नेछौं । सो कोषमा संस्थाका सदस्यहरुबाट केही रकम, संस्थाको कोषबाट केही रकम र अन्य स्रोतहरुबाट केही रकम जम्मा गछौं । 

त्यो कोषबाट एक कायैविधी मार्फत मितव्ययी ढंगले सदस्यहरुको आवश्यकताका आधारमा सहायता प्रदान गर्ने नीति रहन्छ । सदस्य महानुभावहरुको सहयोग, सहकार्य र सहभागितामा संस्थाका हरेक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन हुदै गइरहेका छन् । 

संस्थालाई उचाइमा पुर¥याउन सदस्यहरुकै महत्वपूर्ण योगदान रहने हुदा सदस्यहरुको विश्वास, भरोसा तथा सहकार्यमा संस्थालाई गति दिनेछौं ।अब संस्थामा नाममात्रको सदस्य बन्ने तथा ऋण प्रयोजनका लागि मात्र सदस्य बन्ने प्रथालाई निरुत्साहित गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छौ । 

समुदाय र सदस्यमा आधारित सामाजिक सेवासहितको सक्षम र सवल  वित्तीय अगुवा संस्था बनाउने हाम्रो लक्ष्य छ । 

संस्थाको पृष्ठभुमीबारे केही बताइदिनु हुन्छ की ?

मकवानपुर जिल्लाभर कार्यक्षेत्र रहेको सुन्दर पर्यटकीय नगरी थाहानगरमा केन्द्र बिन्दु रहेर वि.सं. २०५६ पौष ९ गते बाट कारोवार संचानल गर्न थालेको यस संस्था आज किशोर अवस्था पूरा गरी युवा अवस्थामा लम्की रहेको छ । समुदायमा र सदस्यमा आधारित सामाजिक सेवासहितको सवल सक्षम वित्तीय अगुवाको रुपमा प्रस्तुत गर्न स्थापनाकालदेखि नै अग्रसर रहेको छ । सदस्यहरुलाई कसरी बढी भन्दा बढी सेवा पु¥याउन सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै विविध योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले पहल कदमी लिएर अहिले थाहा नगरमा कोल्ड स्टोर निर्माणको काम पनि अघि बढीरहेको छ । जिल्लाकै नमुना यो सरकारीलाई अब देशकै नमुना बनाउन हामी लागिरहेका छौं । 

यसबहोक अन्य योजना ?

यसबाहेक सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने, बचत गर्ने बानीको विकास गर्ने, बचत परिचालन गर्ने, कृषि उत्पादन, प्राविधिक परामर्श सेवा, फलफूल तथा तरकारी खेती विकास गर्ने, वस्तुहरुको आर्र्र्र्र्र्र्पूिर्त भण्डारण , बजार व्यवस्था र वितरण कार्यबाट सदस्यको आय आर्जन गर्ने क्षमताको विकास गरी स्वरोजगारका अवसर सृजना गर्ने, सामूदायिक विकास, सामाजिक सेवा, लगायतका स्थानीय विकास र जनसरोकारका क्षेत्रमा बहुउद्देश्यीय सेवा सञ्चालन गर्ने, सदस्यहरुको खाँचो र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्पूिर्त गर्न प्रोत्साहित गर्ने, अनुशासित,कर्तव्यनिष्ठ, इमान्दार,सक्षम र सवल सदस्यको विकास गर्ने, सदस्यको क्षमता अभिवृद्धि गर्ने, न्यून आय भएका महिला तथा पुरुषहरुलाई सहकारीको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनाउदै साममाजिक गरिवी निवारणमा महत्वपूर्ण योगदान गर्ने पनि हाम्रो रणनीतिक योजना छ । 

अहिले संस्थाको समग्र वित्तीय अवस्था कस्तो छ ?

अहिले यस  संस्थामा कुल सदस्य संख्या ः ४६६२, कर्जा लिने सदस्य संख्या ः १०५४, लघुवित्त समूह सदस्य संख्या ः२९३२, लघुवित्त समूह कर्जा लिनेको संख्या ः १४४५ छ । 

यस्तै कुल आम्दानी २ करोड १७ लाख ९२ हजार ६ सय ९६, कुल खर्च १ करोड ६८ लाख ६५ हजार २४,  बचत नाफा ४९ लाख ३४ हजार ६ यि ७२,   बचत ४१ करोड २१ लाख ३८ हजार,   ऋणलगानी ५३ करोड ८१ लाख ७० हजार  र शेयर पूँजी रु ः ६ करोड ७२ लाख ३७ हजार ७ सय रहेको छ  । 

विगतका भन्दा के नयाँ कार्यक्रमहरु अघि सार्नुभएको छ ?

विगत सञ्चालक समितिले लिएका नीति तथा कार्यक्रमहरुमा  केही थप कार्यक्रम सुरु गरिएको छ । त्यसमध्येको महत्वपुर्ण काम त सदस्य सामाजिक भलाइ सहायता कोषको स्थापना भइहाल्यो । त्यसको स्रोत केही संस्थाको मुनाफा, सदस्यता प्रवेश शुल्क, सदस्यबाट बार्षिक शुल्क तथा अन्य विभिन्न स्रोतको माध्यमबाट कोषको स्थापना गछौं । यो सदस्यका आर्थिक हैसियतले थेग्न नसक्ने घटनाहरुलाई कोषको माध्यमबाट सहायता रकमउपलव्ध गराई राहात प्रदान गर्ने अभिप्रँयले गर्न लागिएको हो । 

आर्थिक कारणबाट विपन्न वर्गका सदस्यहरुका छोरा छोरीलाई प्राविधिक उच्च शिक्षा हासिल गर्न गराउन नसकेकाहरुलाई कोषको क्षमता र कार्यसमितिको निर्णयबाट सहायता गर्ने तथा आर्थिक कारणबाट उपचार गर्न नसकेका तोकिएका घातक रोगहरुले ज्यान गुमाउने अवस्थामा पुग्न सकने सदस्यहरुलाई रोगको अवस्था ,कोषको क्षमता अनुसार कार्य समितिको निर्णयानुसार सहायता प्रदान गर्न सकिने छ । 

यसैगरी प्रकृतिक प्रकोपबाट विपतीमा परेका सदस्यहरुको अवस्था हेरी सहायता गर्ने तथा संस्थाबाट कर्जा लगी व्यापार व्यवसाय कृषि क्षेत्रमा लगानी गरेका सदस्यहरुले प्राकृतिक प्रकोपबाट पूर्ण क्षति वेहेरेका सदस्यहरुलाई अवस्थानुसार समितिको निर्णयबाट सहायता गर्न सकिने छ । 

कृषि क्षेत्रबाट आर्थिक बृद्धिका लागि थप योजनाहरु के के छन् ?

किसान वा यूवा सदस्यले कृषि प्रणालीबाट आर्थिक सम्बृद्धि हासिल गर्ने उद्देश्यका साथ गुजरामुखी नभई व्यवसायीकमूखी सामुहीक कृषि ,पशुपालन, विउ उत्पादन,अर्गानिक खेतीका लागि विभिन्न संघ संस्थाहरु सँगको समन्वयमा तालिम अध्ययान भ्रमण आदिको व्यवस्थाका साथ संभावनायुक्त विश्वासिलो परियोजनाका लागि संस्थाको नियम,क्षमता अनुसारको सहुलियत दरमा कर्जा दिने प्रावन्ध मिलाउने नीति रहेको छ । 

साथै कृषि क्षेत्रको बृद्दिको लागि यस आ.व.मा निम्नानुसारको कार्य गरिएको छ । यसैगरी यस क्षेत्रको कृषकको आवश्यकतालाई मध्यनजर गरी लामो समय देखि एक शीतभण्डारको आवश्यकता पूरा गर्न नेपाल सरकार ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय,प्रदेश सरकार,थाहा नगरपालिका तथा यस संस्था लगायत थाहा नगरपालिका भित्रका २७ वटा सहारी संस्थाहरुको समन्वयमा  ‘थाहा नगर विशिष्टीकृत सहकारी संघ’ गठन गरी नेपाल सरकार, सहकारी मन्त्रालय, ३ नं. प्रदेश सरकार तथा थाहा नगरपालीकाको विशेष सहयोगमा था.न.पा ३ कालभैरव चौरमा निर्माण कार्य शुरु भैसकेको छ । 

यस कार्यको लागि यस संस्थाले रु २ करोडको शेयर लगानी गर्ने प्रतिवद्धता समेत गरेको छ । सो संघको अध्यक्षता समेत यस संस्थाको  अध्यक्षद्धारा गरिएको छ । त्यसैगरी मकावनपुर जिल्लाको उत्तरी क्षेत्र वेमौसमी तरकारी खेतीको लागि प्रसिद्ध छ । 

यस क्षेत्रको किसानको उत्पादन र उत्पादकत्वमा वृद्धि गराई कृषि पेशालाई व्यवसायीकरण गर्ने उद्देश्यले यस सहकारी संस्थाले किसान परियोजना २ मार्फत सहकारीको संस्थागत विकास गर्ने,समूह विस्तार गरी कम्तिमा तीन हजार किसानहरुलाई नर्सरी व्यवस्थापनदेखि, वाली उत्पादन र वजारीकरण सम्मका विभिन्न तालिमहरु दिने कार्यक्रम रहेको छ । 

यस परियोजनाले थाहा नगरपालीकाको १२ वटै वडाहरु तथा इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालीका र कैलाश गाउँपालिकाको समेत केही क्षेत्रहरुमा यो कार्यक्रम सञ्चालन गरिएको छ । जसका लागि ६ जना कृषि प्राविधिको नियुक्ति समेत गरी कार्यक्षेत्रमा  परिचालन गरिएको छ ।

सहकारी वजार व्यवस्थापन तर्फ पनि नयाँ केही सोच छ की ?

ठिक प्रश्न गर्नुभयो । हामीले यस क्षेत्रको कृषि उत्पादनको उचित मूल्य प्राप्त गर्न विचौलियाहरुको श्रृखला न्यूनीकरण गरी सहकारी मार्फत उत्पादक र उपभोक्तालाई सिधा बजार पहुचमा पुर¥याउन, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, स्थानीय सरकार, यूएनडिपि, जिल्ला सहकारी संघसँगको सहकार्यमा यस संस्थाले थाहा नगरपालीका वार्ड नं. १ र २ मा सहकारी वजार व्यवस्थापन कार्यको थालनी गरेका छौं । 

त्यतीमात्र होइन महिला समूहहरुलाई व्यवस्थित ढंगले परिचालन गर्दै रोजगारीमूलक व्यवसायिक महिला समूह निर्माण गर्ने योजनाका साथ ,विभिन्न संघ, संस्था ,स्थानीय सरकारसँग समन्वय गरी संस्थाको नियम क्षमताको आधारमा संस्थाले भ्रमण तालिम, उत्पादनको विक्री प्रवर्धन तथा सहुलियत व्याजको ऋण व्यवस्था मिलाउने नीति रहेको छ । 

त्यसैगरी कृषि, स्वास्थ्य, शिक्षा,सञ्चार जस्ता सहकारीहरुलाई यसै सस्थामा समायोजन गरी कृषि स्वास्थ्य, शिक्षा तथा सञ्चार कार्य गर्ने संस्थाको योजना रहेको छ भने यस क्षेत्रका हाम्रा अधिकांश सदस्यहरुलाई दैनिक उपभोग्य सामान खरिद गर्नु पर्ने भएकोले लामो समयदेखि उपभोक्ता पसलको माग भैइरहेको सन्र्दभमा सम्भाव्यता अध्ययानको काम शुरु गरिने छ । 

यसो गर्दा सदस्यहरुलाई गुणस्तरिय र सुपथ मूल्यमा खाद्य सामाग्री उपलव्ध गराई संस्थाले सामाजिक दायित्व पूरा गर्न सक्षम हुनेछ ।

यसका लागि के के कार्यनीति तय गर्नुभयो त ?

यो सञ्चालनको लागि एक पूर्व संभाव्यता अध्ययान कार्यदल वा उपसमिति गठन गर्ने, उक्त कार्यदलको पूर्व संभाव्यता अध्ययनको मूल्याङ्कन तथा विश्लेषणको आधारमा सहकारी सुपथ मूल्य पसल कार्यान्वयनमा ल्याउने, मकवनपुर जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाको पहिलो सेवाकेन्द्र थाहा नगरपालिकाको वज्रवाराहीमा स्थापना गरी सेवा प्रदन गर्दै आएकोमा जिल्लाको सदरमुकाम समेत रहेको हेटौंहा उपमहानगरपालिका र यसको आसपासको क्षेत्रमा यस संस्थाको कारोवार तथा सेवा विस्तार गर्ने उद्देश्यले हेटौडा वजारमा दोस्रो सेवाकेन्द्र स्थापनाको लागि प्रक्रिया अगाडि वढाइसकिएकोले छिटै सो कार्यालयको उद्घाटन गराउने योजना समेत छ । 

 त्यतीमात्र होइन यस कार्यकाल भित्र सहकारी स्तम्भ सहितको पार्क निर्माण योजना छ । यस संस्थाको अगुवाइ र थाहा नगरमा कार्य क्षेत्र भएका सम्पूर्ण सहकारीहरुको सहभागितामा एक सहकारी स्तम्भ सहितको पार्क निर्माण गर्न पहल सुरु गर्ने । 

जसबाट सहकारी सदस्य तथा यस नगरमा आउने पर्यटकलाई मनोरञ्जन दिनुका साथै समग्र सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान रहने छ ।



0 comments

Write Down Your Responses