बर्डफ्लुका कारण ४१ हजार कुखुरा यसरी मारिदैछ मकवानपुरमा (भिडियो सहित)

भेटनरी अस्पताल हेटौँडा, कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय सहित स्थानीय कुखुरापालक ब्यवसायीहरुको सहभागितामा कुखुरालाई नष्ट गर्ने काम सरुुरु भएको हो ।
हिजोमात्र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेतृत्वको बैठकले कुखुरा मार्ने निर्णय गर्दै किसानलाई उचित क्षतिपुर्ति दिने निर्णय गरेको थियो । जसमा फुलपार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा तथा अण्डालाई प्रतिगोटा ११ रुपैँया दिनको लागि सिफारिस गर्ने सहमति भएको थियो ।
टोलीले आज सम्पूर्ण ४१ हजारनै कुखुरा नष्ट गर्ने तयारी समेत गरेको छ । तर किसानहरुले भने प्राविधिक टोलिले लगाएको चार किल्ला गलत भएको बताएका छन् ।
बैठकको निर्णय अनुसार हेटौंडा ७ नागस्वतीको कमर्शियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधि भित्र रहेका करीब ४१ हजार कुखुरा नष्ट हुने छन् ।
0 comments
Write Down Your Responses