Powered by Blogger.
यो पाराले कहिले सुध्रेला हेटौंडा अस्पताल ?



सृजना नेपाल

साझ ७ बजेको समाचार पढ्दा पढ्दै एक्कासी श्वासप्रश्वासमा समस्या भइ बोल्न र सास फेर्नसमेत गार्हो भएर म हेटौंडा अस्पतालको इमर्जेन्सी कक्षमा गएँ । इमर्जेन्सी कक्षमा बिरामिको एकदम चाप थियो । 

वरिपरि हेरे सेतो एप्रोन लगाएर भर्खरका साना भाइबहिनी यताउती गरिरहेका थिए । इमर्जेन्सी काउण्टरमा बसेको भाइलाइ मलाइ सास फेर्न एकदम गाह्रो भयो डाक्टर बलाइदेउन भने । 

उनले हत्त न पत्त आफ्नो साथिलाइ नामले बोलाए र उहाँलाई बाफ लगाइदिहाल भने । ती भाइले मलाइ भित्र त लगे तर बस्ने बेड थिएन । उनले बस्ने बेड छैन अर्को बिरामिसङ्ग एडजस्ट गर्नु है भने । त्यतिकैमा पल्लोपट्टिको बेडको बिरामि बाहिर गएपछि मलाइ त्यहा राखियो । 

मैले डाक्टर हुनुहुन्न ? डाक्टर बोलाउन भनेपछी दुइजना आउनु भयो । उहाहरुले ज्वरो आएको छकी छैन सोध्दा नसोध्दै एकजना आएर डाक्टर साबलाइ बधाइ दिए । 

मेसिन आज दिउसोदेखी बिग्रेको छ । भोलिदेखी तपाइकोमा लाइन लाग्न पठाउने हो भने । डाक्टरले पनि ल राम्रो भयो भने । 

मैले के बिग्रेको छ भनेर सोध्द्दा डाक्टरसङ्गै आएकाले केही होइन भने तर ती ब्यक्तिले एक्सरे मेसिन बिग्रेको बताए । 

त्यतिकैमा उनीहरु बाहिर गए, फेरि त्यही सानो भाइहरु आएर मलाइ बाफ लगाइदिएर गए । लामो समयसम्म कोहि भित्र नआएपछि मैले बहिनिलाइ बोलाउन पठाउदा अघि डाक्टरसङ्गै आएका (डाक्टर नै हुनसक्छन ) आए र बाफ निकालिदिएर गए ।

मैले बोलाएर मलाइ के भएको रहेछ भनेर सोध्दा उनले ग्यास्ट्रीकले हुन नि सक्छ अरु रोग पनि लाग्या हुनसक्छ भनेर औषधि लेखिदिए । 

मैले के भएको थाहा नभै केको औषधि लेख्नु भयो त भन्दा ल ग्यास्ट्रीक नै हो भोलि आएर ओपिडिमा देखाउनुस सबै थाहा हुन्छ भनेर गए ।

यसले केही प्रश्नहरु जन्भिएका छन्, ति हुन्ः 


१) इमर्जेन्सीमा मान्छे यतिकै जादैनन गार्हो भएरै जान्छन् । त्यहामाथी बिश्वभर कोरोनाको त्रास फैलदा अस्पतालमा आएका बिरामिको राम्रोसँग परिक्षण गर्नु पर्दैन ? 

२)  अस्पतालको मेसिन बिग्रीदा भोलिदेखी तपाइकोमा लाइन भनेर बधाइ दिनुको कारण ? 

३) बिरामिलाइ तपाइलाइ यस्तो भएको रहेछ त्यसैले यो औसधि खाएर भोलि जचाउन आउनुस भनेर जानकारी दिनु पर्दैन ? 

म एउटा सन्चारकर्मी भएको हैसियतले धेरै पटक सन्चारमाध्यमा यस्तो बिसय उठाइसके । आज म एउटा नागरिक भएर भोगेको हुनाले अभिव्यक्त गरेको हुँ । 

(फेसबुक स्टाटसबाट)

0 comments

Write Down Your Responses