Powered by Blogger.
इन्सपेक्टर तामाङले गतिविधी तिव्र पारेपछि थाहा नगरका जुवाडेको भागाभाग


पालुङ । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङबाट जुवाको खालबाट महिला सहित ५ जना पक्राउ परेका छन् । इन्सपेक्टर विकासकुमार तामाङले कमाण्ड सम्हालेपछि जुवाडेहरुको भागाभाग भएको हो । 

थाहा नगरपालिका वडा नं. ९ तल्लोपौवा चित्लाङमा अवस्थित एउटा घरमा जुवा खेल्ने–खेलाउने कार्य भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पालुङबाट खटि गएको प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको हो ।

थाहा नगरपालिका स्थित विभिन्न स्थानहरुमा संगठित ढंगले जुवा खेल्ने–खेलाउने कार्य हुँदै आएकामा यसपटक भने कडाई गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुखका रुपमा प्रहरी निरिक्षक विकासकुमार तामाङ आएको केही समयमा नै जुवा, तास, चोरी तथा अन्य अपराधिक गतिविधीहरुमा कडा नियन्त्रण गर्न थालेका छन् । उनको सो कदमको नागरिकहरुले पनि प्रशंसा गर्न थालेको बताइन्छ । 

प्रहरी टोलीले जुवा खालबाट तास र नगद रुपैया ६४ हजार ७ सय बरामद गरेको छ ।   प्रहरीले  सो कार्यमा संलग्न घरधनी महिलालाई पनि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा थाहा न.पा.वडा नं.–९ बिचारीथोक बस्ने सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सिरानपौवा बस्ने सानुकान्छा गोले, रामकुमार स्याङतान र तल्लोपौवा बस्ने सानुमाया बलामी रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिहेको कार्यालय प्रमुख प्रहरी निरिक्षक विकासकुमार तामाङले जानकारी दिनुभयो । 

मुलुकी अपराध संहिता ,२०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान कारवाही हुने बताइएको छ । स्मरणीय छ तामाङले यसअघि पनि बज्रबाराही स्थित बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाबाट  लाखौं रकम चोरी गर्ने युवाहरुलाई पनि तत्काल पक्राउ गरी कानुनी कारवाहीका लागि पेश गरिसकेका छन् । 

0 comments

Write Down Your Responses