Powered by Blogger.
क्यान्सर पिडित महिलाहरुको उपचारार्थ ‘नम्बरी सुन’ प्रदर्शन हुने


काठमाडौं । ‘क्यान्सर पिडित महिलाहरुको उपचार सहयोगार्थ नेपाली कथानक चलचित्र ‘नम्बरी सुन’ च्यारीटी सो हुने भएको छ । 

आगामी श्रावण ६ गते शनिवार किर्तिपुर स्थित किर्तिपुर सिनेप्लेक्स हलमा च्यारिटी हुने बताइएको छ ।

 च्यारीटी कार्यक्रमका लागि टिकट धमाधम विक्री भइरहेको बताइन्छ । मकवानपुरे समाजमा आवद्ध व्यावसायी नारायण खातीले सो चलचित्र निर्माण गरेका हुन् ।   

चलचित्र ‘नम्बरी सुन’ हेर्न नरेद्र महर्जनको किर्तिपूर  हल  क्षेत्र परिचित छ । 

पॉगा किर्तिपुरमा मकवानपुरेहरु सहभागि हुने र साथीहरुलाई सहभागी गराउने भन्दै उत्साहीत छन् । लाइन्स क्लव अफ इनोभेटिभ मकवानपुरद्धारा आयोजित उक्त च्यारिटी सोमा सेवाको माहान कार्यमा सबैले सहयोग गरिदिन र सहभागी भैदिन आयोजक समूहले सबैलाई हार्दिक अपिल गरेको छ । 






0 comments

Write Down Your Responses