Powered by Blogger.
क्यान्सर पिडित महिलाहरुको उपचारका लागि सहयोगार्थ ‘नम्मरी सुन ’ प्रदर्शनी


काठमाडौं । नम्बरी सुन नामक फिल्मको च्यारिटी शो शनिबार सम्पन्न भएको हो । 

शनिबार किर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको उक्त कार्यक्रममा मकवानपुरे समाजका प्रमुख सल्लाहकार,बरिष्ठ अधिवक्ता पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी ,लायन्स क्लब अन्तराष्ट्रिय ३२५ नेपाल डिष्ट्रिक्ट एस का डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जयन्द्रलाल श्रेष्ठ ,डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी, एलसीआइएफ कोअर्डिनेटर लायन अशोक बुढाथोकी लगायत लायन्स ३२५–ऽ का बिभिन्न पदाधिकारीज्युहरु , मकवानपुरे समाजका उपाध्यक्ष केशव अधिकारी ,दीपक कार्की, कोषाध्यक्ष राजेश थापा, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु साथै लायन्स ,लियो तथा मकवानपुरेहरुको बृहत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहयोग गर्नुहुने किर्तीपुर कम्प्लेक्सका संचालक मकवानपुरे समाजका सल्लाहकार लायन नरेन्द्र महर्जन र नम्बरीसुन चलचित्र  निर्माता नारायण खाती ,दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी ,लोकेश्वर मिडिया प्रालीका श्याम नेगंशुर तामाङ ,सिजन खबरका प्रबन्धक ,मकवानपुरे समाजका उपाध्यक्ष केशव अधिकारी, दीपक कार्की, कोषाध्यक्ष राजेश थापा , मकवानपुरे समाजका अध्यक्ष साथै जोन चियरपर्शन लायन अरुण गुरुङ ,जोन चियरपर्शन लायन चिन्तन बज्राचार्य, डिसिएम बिधान रिजाल ,डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी, लायन अमित शर्मा ,लायन जयप्रसाद दाहाल ,कार्यक्रम संयोजक क्लब डाईरेक्टर लायन लक्षमण थापा र लायन्स क्लब मकवानपुर ईनोभेटिभका अध्यक्ष, प्रथम,द्वितिय र तेश्रो उपाध्यक्षज्यु हरु, कोषाध्यक्ष, सचिवज्यु लागाएत सम्पुर्ण क्लब मेम्बरहरु सम्मानित हुनुभएको थियो । कार्यक्रम संयोजक क्लब डाईरेक्टर लायन लक्षमण थापा रहनु भएको थियो । 

नम्मरी सुनका निर्माता नारायण खातीले सुनद्वारा निर्मित खुकुरी ब्याच मायाको चिनो मकवानपुरे समाजका अध्यक्ष साथै जोन चियरपर्शन लायन अरुण गुरुगंलाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा चलचित्र प्रदर्शनका लागि हल सहयोग गर्नुहुने किर्तीपुर कम्प्लेक्सका संचालक मकवानपुरे समाजका सल्लाहकार लायन नरेन्द्र महर्जनज्यु र नम्बरीसुन चलचित्र च्यारीटीका लागि सहयोग गर्नुहुने मनका धनी निर्माता नारायण खातीज्यु र उपस्थित सम्पुर्ण महानुभावज्युहरु मकवानपुरे समाजका अध्यक्ष तथा जोन चियरपर्शन लायन अरुण गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ ।




0 comments

Write Down Your Responses