Powered by Blogger.
लायन्स क्लब मकवानपुर ईनोभेटिभको पद हस्तान्तरण


काठमाडौं । अध्यक्ष लायन शुरज कुमार प्याकुरेल, फष्ट भिपी लायन सरीता कार्की, दोश्रो भिपी लायन जीवनकुमार वस्नेत, तेश्रो भिपी लायन सवीता चौलागॉई, कोषाध्यक्ष लायन कृष्णराज कुंवर र सचिव लायन एलिना पुरी लगायत बिभिन्न व्यक्तिहरुले पदस्थापन गरेका छन् । 

यसबाहेकका अन्य पदमा समेत मनोनयन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी लायन्स ३२५–ऽ का डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन जयन्द्रलाल श्रेष्ठ, बिशिष्ठ अतिथी डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी, अतिथी साउथ क्लस्टर लायन शान्ती मोक्तान, जोन चेयरपर्शन लायन अरुणकुमार गुरुगं, मकवानपुरे समाजका सल्लाहकार रविन्द्र श्रेष्ठ लगायत रहनु भएको थियो ।

बर्ष २०२२÷२३ का अध्यक्ष लायन विधान रिजालले सम्पुर्ण लायन महानुभावलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा २०२२÷२३ का अध्यक्षबाट २०२३÷२४ का अध्यक्ष लायन सुरजकुमार प्याकुरेललाई संस्थापक अध्यक्ष लायन अरुण कुमार गुरुगं साथ अध्यक्ष चेन हस्तान्तरण गर्नुभएको थियो । 



कार्यक्रममा क्लबका लायन मेम्बरहरुको उपस्थिती रहेको थियो । जोन चेयरपर्शन लायन अरुणकुमार गुरुङले लायन्स क्लव सामाजिक सेवा गर्ने बिश्वकै पहिलो संस्था भएकोले यसमा हातेमालो गरि सेवाका कार्य गर्न पाउदा गौरवान्वित भएको बताउनुभयो ।  उहाँले सेवा भावमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो । 

साथै लायन्स क्लवको बारेमा सबैलाई जानकारी र यसले नेपालभर गरेका सेवाको उदाहरणहरु को बिषयमा जानकारी गराउनु भयो  । 

उहाँले लायन्स क्लबमा आबद्ध हुन सबैमा अनुरोध समेत गर्नुभयो । क्लबका अध्यक्ष लायन शुरज कुमार प्याकुरेलले क्लबको बार्षिक सेवाका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।










0 comments

Write Down Your Responses