Powered by Blogger.
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कुमारी क्लवद्धारा रक्तदान

 


काठमाडौँ । कुमारी क्लबले २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १४ स्थित क्लब परिसरमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै १४ वडाका वडाध्यक्ष सुमन श्रेष्ठले रगतको अभावमा समस्या परेका विरामीलाई जीवन रक्षाका लागि रक्तदानको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

मुलुकको आर्थिक विकास र समृद्धिका साथै राष्ट्र निर्माणमा युवा वर्गको कृयाशिलताको खाँचो औँल्याउँदै अध्यक्ष श्रेष्ठले स्थानीय सरकारले उनीहरूको सामाजिक रुपान्तरणका लागि आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । 

क्लबका अध्यक्ष रामकुमार बस्नेतले युवा सशक्तिकरण अभियान सञ्चालन गर्न तथा यस्ता रचनात्मक कार्यहरु देशव्यापी रूपमा निरन्तरता दिइनुपर्ने विचार व्यक्त गर्नुभयो । मुलुकमा रोजगारीको अभावमा ठूलो युवा शक्ति विदेशिन बाध्य रहेकाले स्वदेशमा रोजगारीको सृजना गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

क्लबका सचिव मनोज राजभण्डारीले युवा दिवसकै अवसरमा संस्थाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रम संयोजक रूकेशले राष्ट्रिय युवा दिवसको अवसरमा हरेक बर्ष विभिन्न कार्यक्रमहरू गर्दैे आइरहेको बताउँदै यसपटक दौड प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।




0 comments

Write Down Your Responses