Powered by Blogger.
लायन्स क्लबद्धारा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण साथै क्यान्सर जनचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट एस –ऽ अन्तर्गत लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभ द्वारा आयोजित जेष्ठ नागरिक स्वास्थ्य परिक्षण साथै क्यान्सर जनचेतना कार्यक्रम धापाखेल ललितपुर स्थित अभिवादन होम केयरमा सम्पन्न भएको छ ।

यस कार्यक्रममा बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा अरुण शाहीले बृद्द बृद्दाहरुको स्वास्थ्य परिक्षण लगायत विभिन्न क्यान्सर रोग सम्बन्धी हुने उपचार, रोकथाम बिधी सचेत रहनुपर्ने कार्यहरु र क्यान्सर रोगको स्टेजहरु लगायत धेरै कुराहरुको जानकारी गराउनु भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथी डिष्ट्र्क्टि ३२५–ऽ का डिष्ट्रिक्ट चिफ लायन भिकेएस ठकुरी ,बिशेष अतिथी क्यान्सर समाजसेवी ब्रेष्ट क्यानसर बिजेता बन्दना खॉड र डिष्ट्र्क्टि ३२५–ऽ का जोन–१९ चियरपर्शन लायन अरुण गुरुगं साथै लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभका प्रथम उपाध्यक्ष लायन सरीता कार्की, दोश्रो उपाध्यक्ष लायन जीवन बस्नेत ,तेश्रो उपाध्यक्ष लायन सवीता चौंलागॉई, क्लब मार्केटिंग चियरपर्शन लायन गंगा कुमारी थापा,क्लब डाईरेक्टर लायन लक्ष्मण थापा र लायन सारदा शिवाकोटीको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक क्लब सर्भिस चेयरपर्शन लायन शुरज अर्याल र क्लब डाईरेक्टर लायन जयन्ती बस्नेत रहनु भएको थियो ।


 

क्यान्सर समाजसेवी ब्रेष्ट क्यानसर बिजेता बन्दना खॉडले क्यान्सर रोगलाई हेलचक्राई नगरी यसलाई समुदाय, परिवार समक्ष आजैबाट चेतना, परिक्षण गर्नमा ढिलो गर्न नहुने र समयमानै यस रोगको पहिचान गर्न हरेक बर्ष स्वास्थ्य परिक्षण गर्नुपर्ने सुझाव सहितको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा डा. अरुण शाहीलाई प्रमुख अतिथीबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

यस कार्यक्रममा फोक्सो क्यान्सर पिडित रामेश्वर खडकी बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. अरुण शाहीबाट सम्मानित हुनुभएको थियो ।

डिष्ट्र्क्टि ३२५–ऽ का जोन–१९ चियरपर्शन लायन अरुण गुरुगंले क्यान्सर रोग निवारणमा हामी सबैले साथ सहयोग गर्दै जनचेतनाका कार्यक्रमलाई स्थानिय समक्ष ब्यापकरुपमा लैजान अनुरोध समेत गर्नुभयो ।







0 comments

Write Down Your Responses