Powered by Blogger.
समाजवादी प्रेस संगठन काठमाडौंले आयोजना ग¥यो देउसी भैलो


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला कमिटिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनले भविष्यमा हुने विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राख्ने । त्यस्तै खनालले राजतन्त्रको मुद्धा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गरे ।

जनताले फ्याँकेका एजेण्डाहरू ताजा बन्न नसक्ने भन्दै उनले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताए । उनले अहिले देशलाई हाक्नले शक्तिहरूले मुलुकको ज्वलन्त समस्याहरू समाधानका लागि गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले शुभकामना दिदैँ मिडियाकर्मी र मिडिया हाउस संयम र संवेदनशील हुनुपर्ने बताईन् । स्वतन्त्रताको नाममा मिडियामा मनपरी विषयवस्तु सम्प्रेसनले समाजलाई भ्रममा पारेको बताईन् । पूर्वमन्त्री झाँक्रीले जिम्मेवार मिडियाकर्मीहरूले युट्युवमा भ्यूज बढाउने उद्देश्यले भन्दा सचेत भएर कर्तव्य पूरा गर्न आग्रह गरिन् ।



कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले श्रमजीवि पत्रकारको पक्षमा संगठनले जस्तोसुकै परिस्थिति साथ दिने बताए । पछिल्लो समयमा मिडिया हाउसहरूले श्रमजीवि पत्रकारहरूमाथी गरेको अपमान र शोषणको विरूद्ध हुने आन्दोलनमा एक्यवाद्धता जनाउँदै उनीहरूको न्यायको पक्षमा साथ वकलत गर्ने बताए ।

प्रेस संगठन काठमाडौँ जिल्ला कमिटिका अध्यक्ष भीम लामाको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा  पार्टी नेता, पत्रकार एवम् कलाकारहरूको उपस्थिति रहेको थियो ।





0 comments

Write Down Your Responses