Powered by Blogger.
नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ प्रतियोगिता सम्पन्न


नेपालगन्ज । बाँकेमा जनस्तरबाट पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ । 

नेपालगन्ज स्वीमिङ क्लबले शनिवार नेपालगन्ज रंगशाला परिसरमा आयोजित पौडी प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुष तर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दाङका सुवेश पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले काँस्य पदक प्राप्त गर्नुभयो । 

यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दांगका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले कास्य पदक प्राप्त गर्नुभयो । 

महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गर्नुभयो । सोही प्रकारले १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्बी गुरुंगले कास्य पदक जित्नुभयो । 

यस्तै १४ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले कास्य पदक प्राप्त गर्नुभयो । सोही प्रकारले १२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले कास्य पदक प्राप्त गर्नुभयो । 

१२ वर्षमुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डिसीले रजत पदक प्राप्त गर्नुभयो । सोही प्रकारले १० वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण, बसन्त थारुले रजत र मनन् शर्माले कास्य पदक जित्नुभयो । 

यस्तै १० वर्षमुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा सम्बृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसिले रजत पदक जित्नु भयो । सोही प्रकारले ८ वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले कास्य पदक जित्नुभयो । 



पदक विजेता खेलाडीहरुलाई नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्ट, नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट, नेपाली सेनाका बज्रदल गणका गणपति रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहोरा, संस्कृतिविद् डा.राजकुमार सुवेदी, राखेप पूर्व सदस्य विनोद मैनाली, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य नरेन्द्र थापा, नेपालगन्ज–१८ का वडाध्यक्ष दीपक बोहोरा, शिक्षाविद् द्वय टेकबहादुर थापा, राकेश श्रीवास्तव, एन्फाका पूर्व केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, सल्लाहकारहरु किसन गुरुङ र सञ्जय थापालगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

 ८ वर्षदेखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका फ्रिस्टाइल र बटरफ्लाइ विधाका ९ वटा प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही, गुल्मी र नवलपरासीका ५२ जना खेलाडीले स्पर्धा गरेका थिए । मेडल जित्ने अधिकांश बाँकेका छन् । 

त्यसैगरी नेपालगन्ज स्वीमिङ क्लबले खेल क्षेत्रमा योगदान दिने तीन जनालाई सम्मान गरेको छ । क्लबले ट्रायथलनका अफिसियल चाहाना शाह, पौडीका अफिसियल विष्णु खड्का र पौडी प्रशिक्षक दीपक परियारलाई सम्मान गरेको हो । 




0 comments

Write Down Your Responses