Powered by Blogger.
अनुहार नयाँ आए पनि भिजन नयाँ आएनः पृथ्वी सुब्बा गुरुङ


काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले  नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताउनुभएको हो । नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उहाँको भनाइ छ ।

 ‘काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन’ गुरुङले भन्नुभयो ‘काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त ,विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथाअवस्थामै छ ।’

लामो ईतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उहाँको भनाइ छ । ‘केही पार्टी र व्यक्तिले आफुलाई नयाँ, अरुलाई पुराना भनेर आरोप गरिरहेका छन्,’ गुरुङले भन्नुभयो ‘उनीहरु एजेन्डाबिहिन हुन् । त्यही भएर उनीहरु पब्लिक फेस गर्न सकेका छैनन् ।’

निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताउनुभयो ।



0 comments

Write Down Your Responses