Powered by Blogger.
ताप्लेजुङमा एमालेका थेवे निर्वाचित


काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे निर्वाचित भएका छन् । 

नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मतले पछि पार्दै थेवे निर्वाचित भएका हुन् ।  

थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७ सय ११ मत प्राप्त गरे ।

नेकपाका खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७ सय ७५ मतसहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौं स्थानमा रहे । 

 ताप्लेजुङमा यसअघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी भएका थिए । तर यो पटक एमालेले भट्टराईलाई टिकट नदिई थेवेलाई दिएको थियो । 

थेवेले जित निकालेसँगै एमालेले अहिलेसम्म चार सिटमा जित निकालेको छ । अहिलेसम्म सात स्थानमा अग्रता कायम राखेको छ ।


0 comments

Write Down Your Responses