Powered by Blogger.
थाहामा जारी फुटवल प्रतियोगितामा दम्की र निष्पक्ष सेमिफाइनलमा प्रवेश


पालुङ, २९ मंसिर । पाभिभरा यूवा क्वलको आयोजनमा मकवानपुर उत्तरी क्षेत्र स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटर फाइनल नकआउट चरणको पहिलो खेलमा निष्पक्ष यूवा क्लव र दम्की यूवा क्वल विजय भएको छ । 

थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी क्वाटर फाईनल खेलको पहिलो खेलमा  निष्पक्ष यूवा क्लव र गोपलाी यूवा क्लव बिच भएको अन्तिम क्वाटर फाईनल खेल निधार्र्रित समयमा दुवै तर्फ कुनै गोल हुन नसके पछि बराबरीमा टुङिगन गई आयोजकको निर्णय अनुसार १० मिनेट थप गरि खेलाइएको थियो । त्यसमा पनि कुनै पक्षले गोल गर्न नसकि टाइबेकरमा खेलाइएको थियो  । 

सो खेलमा गोपाली यूवा क्वललाई निष्पक्ष यूवा क्वलले ४ विरुद्ध ५ गोलले निष्पक्ष यूवा क्वल बिजयी हुदैँ सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेलमा दम्की यूवा क्वलले टाइवेकरमा आयोजक ए लाई ७ः ६ गोलले पराजित गदैँ दम्की सेमि फाइनलमा प्रवेश गरेको छ ।  मंसिर २३ गते बाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी सो प्रतियोगितामा कुल १८ वटा टिमको सहभागिता जनाएका थिए । 

एक आपासमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा भोलि विहानको पहिलो खेल आयोजक वि र ऋषेश्वर यूवा क्वलबीच खेल हुने आयोजक क्लबका अध्यक्ष हरिराम कार्कीले जानकारी दिएका छन ।–रुपक कालिराज,पालुङ



0 comments

Write Down Your Responses